स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा ०७८ मङ्सिर २३ गते बन्दिपुर गाउँपालिका–२ कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा लागु गरेको कार्यक्रम र कार्यान्वयको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरू बनाएको बताउनुभयो ।
सबै वडाहरूमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्य केन्द्रहरूमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, गण्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको सरकारी अस्पताल, निःशुल्क औषधिहरू पर्याप्त मात्रामा वितरण तथा कोभिड सङ्क्रमितको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आइसोलेशन सहितको अस्पताल बन्दिपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको उहाँले बताउनुभयो ।
जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिति निकै कम हुने गरेको उहाँको भनाइ थियो ।
स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति गाउँपालिका सचेत भएको भन्दै जिम्मेवार नागरिकले कमी कमजोरीहरू सार्वजानिक स्थानमा भन्नु भन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाडै समाधान हुने उहाँको भनाइ थियो । निःशुल्क वितरण गर्ने औषधि खरिद प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।
कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष गमबहादुर थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल गुरुङ, व्यवस्थापन समिति सदस्य राधिका खनाल, श्रीप्रसाद पौडेल लगायतले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रका इञ्चार्ज अहेब अर्जुन गुरुङले सो स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार उक्त स्वास्थ्य चौकीमा दैनिक सरदर १५ जना बिरामीहरू स्वास्थ्य परीक्षणकोलागि आउने गरेका छन् ।
गाउँपालिकाले अर्को कर्मचारीको व्यवस्थापन नगरेको हुँदा आफू एक्लैले स्वास्थ्य संस्था धान्नु परेको र गत वर्ष उपलब्ध गराइएको सिटामोल सकिएको कारण अहिले निःशुल्क रूपमा सिटामोल उपलब्ध गराउन नसकिएको उहाँको भनाइ थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…