स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विष्णुपुर गाउँपालिकामा फागुन २६ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया गरेको छ ।
विष्णुपुर गाउँपालिका–६ स्थित रूद्रनारायण माध्यमिक विद्यालय गोरगामा रञ्जितपुरमा मधेश प्रदेश जनकपुरधाम, धनुषाको आयोजनामा सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण रायले जनताको मौलिक अधिकारका रूपमा रहेको स्वास्थ्य र शिक्षाबाट कोही पनि वञ्चित हुन नहुने बताउनु भयो ।
यसैगरी विद्यालयका प्राधानाध्यापक तेजनारायण यादवले स्वास्थ्य र शिक्षाबिच नङ र मासुको जस्तो सम्बन्ध रहेकाले सरोकारवालाले स्वास्थ्य र शिक्षामा पर्याप्त ध्यान दिनु पर्ने बताउनु भयो ।
विष्णुपुर गाउँपालिकाका स्वास्थ्य सह–संयोजक अनिताकुमारी यादवले बालबालिकाले स्वास्थ्य तथा शिक्षा दुवै निःशुल्क पाउनु पर्ने बताउनु भयो ।
विष्णुपुर गाउँपालिका–६ का वडा सदस्य रामकुमार राय, शिक्षक मनोजकुमार यादव, सञ्चारकर्मी दिनानाथ यादव, विद्यालयका छात्र, छात्रा, मानव अधिकार निगरानी समूहका सदस्य लगायतले स्वास्थ्य, शिक्षा अनिवार्य र सहज रूपमा उपलब्ध हुनु पर्ने माग गर्नु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…