स्वास्थ्य अधिकारका सवालमा छलफल तथा सम्वाद सम्पन्न
इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा महाकाली अञ्चल अस्पतालमा अस्पतालको सेवा प्रवाहका बारेमा चैत २७ गते छलफल सम्वाद सम्पन्न भएको छ ।
सो कार्यक्रममा महाकाली अञ्चल अस्पतालका निर्देशक डक्टर श्रीकृष्ण भट्टले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवा प्रवाह र पाउने सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । महाकाली अञ्चल अस्पतालमा २१ जना चिकित्सकको दरबन्दी भएपनि तीन जना चिकत्सक मात्र रहेकाले सेवा प्रवाह गर्न समस्या रहेको निर्देशक भट्टले बताए ।
अस्पतालकी नर्सिङ शाखा प्रमुख जानकी जोशीले बिरामीका आफन्तजनहरूको भिडले गर्दा सेवा सम्पादन गर्न गाह्रो भएको बताइन् ।
अञ्चल अस्पतालमा चिकित्सक अभावका कारण सामान्य सेवाहरू पनि नपाइने गरेका कारण बिरामीहरू अस्पताल नआउने गरेको मानव अधिकार निगरानी समूहकी सदस्य भगवती थापाले बताइन् ।
निगरानी समूहकी सदस्य भुवन कुवरले अस्पतालमा भएको न्यून मानवीय श्रोतले पनि बढीभन्दा बढी सेवा दिएर अस्पतालप्रति नागरिकहरूको विश्वास बढाउनु पर्ने बताइन् ।
अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुधार गर्ने र दरबन्दी अनुसारको चिकित्सक परिपूर्तिका लागि पहल भइरहेका अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
मध्यविन्दु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ ३० गते सम्पन्न गरिएको छ । समूहका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…
बालबालिकामाथि लगानी गर्न सरोकारवालाहरुको जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूह, मिथिला नगरको संयोजन तथा मिथिला नगर महिला तथा बालबालिका शाखाको संयोजनमा ६० औं राष्ट्रिय बाल…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ भदौ ३० गतेबाट मधेस प्रदेशमा रहेका समुदाय स्तरका संघ संस्थाका प्रतिनिधि, मानव अधिकार रक्षक र रक्षक समूहहरूका प्रतिनिधिहरूलाई मानव अधिकारसम्बन्धी…
शम्भुनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ राष्ट्रिय बालअधिकार दिवस
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा शम्भुनाथ नगरपालिकामा ०८१ भदौ २९ गते हाजिरी जवाफ, सुन्दर लेखन प्रतियोगिता र नृत्य कार्यक्रम गरी ६०औं राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । “बालबालिकामा लगानीः…
देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…