स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा जिल्लाको चन्द्रपुर नगरपालिका-९ को हलमा स्वास्थ्य अधिकारको विषयमा सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य चौकी डुमरीयाका डा. नरेशकुमार साहले स्वास्थ्य चौकीको भौतिक अवस्था र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सेवाग्राही पुलकलियादेवी रामले बुहारीलाई सुत्केरी गराउन लैजाँदा सेवा उपलब्ध नभएको बताएपछि अन्य ठाउँमा लैजानु पर्दा दुःख पाएको बताउनुभयो ।
त्यसैगरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य जितेन्द्र चौधरीले एमबिबिएस डाक्टरलगायत आवश्यक मेसिन उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो ।
सेवाग्राही मुस्लिम खातुनले औषधिहरु नपाउने, उपचार गर्न आउँदा राम्रोसँग नहेरेको र सेवादिने व्यक्तिहरुबाट गुणस्तरीय सेवा नपाएको आरोप लगाउनु भयो ।
वडाअध्यक्ष गोविन्दप्रसाद दुलालले आउने दिनहरुमा स्वास्थ्य कार्यालय भवन व्यवस्थित बनाउने, दक्ष कर्मचारीहरु उपलब्ध गराउने, स्वास्थ्य सेवामा सबैको पहुँच बढाउने लगायत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक…
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि जिल्लामा स ङ्कलित घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते धादिङबेसीमा सम्पन्न…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाश पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १२ गते बैतडीमा सम्पन्न भएको छ । इन्सेकले…
जिल्ला प्रतिनिधीसँगको अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग प्रदेशका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १० गते मकवानपुरको इन्द्रसरोवर–१ मार्खुमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक…
जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम असार १० गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ । जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा…