स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १५ गते सम्पन्न गरिएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत आयोजना भएको कार्यक्रममा सहभागीहरुले स्थानीय स्वास्थ्य चौकीहरुमा नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क औषधिको नियमित उपलब्धता नभएको बताउनुभएको थियो ।
गाउँपालिकाले सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापित गरेको भएपनि निःशुल्क उपलब्ध हुनुपर्ने औषधिको उपलब्धता, स्वास्थ्यकर्मीले प्रदान गर्ने सेवाको बारेमा जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी रानाले गाउँपालिकाले सबै क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने सदैव पालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
विगतको स्वास्थ्य संस्था र हाल प्रत्येक वडा तथा पायक पर्ने स्थानमा स्थापना भएका स्वास्थ्य इकाई मार्फत सेवा सञ्चालनले स्थानीयलाई सहजता ल्याएको बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष गोपालबहादुर क्षेत्रीले आवश्यकता अनुसार औषधिको व्यवस्थापनमा स्वास्थ्य चौकी लागि परेको बताउनुभयो ।
स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवामा बिस्वस्त हुन उहाँले स्थानीय सेवाग्राहीलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्थानीयले निःशुल्क रुपमा प्राप्त हुने औषधिको बारेमा आम उपभोक्ताहरुलाई आवश्यक जानकारी समेत नरहेको बताउनुभएको थियो ।
कार्यक्रममा इन्सेक नवलपुरका सहजकर्ता गङ्गा विश्वकर्माले यहाँ पहिचान भएका सवालहरु पलिका र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताउनुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…