स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका –१२ स्थित पेल्काचौर स्वास्थ चौकीमा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन ११ गते सम्पन्न गरिएको छ ।
पुतलीबजार नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी कार्यक्रम , नीति तथा कार्यान्वयन्को अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने, सुझाव सङ्कलन गर्ने तथा समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले नगरपालिकाले बिनियोजन गरेको कार्यक्रमहरु का बारेमा कार्यपत्र पेश गर्दै जिल्ला अस्पताल र केही स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनको व्यवस्था रहेको जानकारी दिनुभयो।
पुतलीबजार नगरपालिका –१२ का वडाध्यक्ष दुधप्रसाद गुरुङले इन्सेकद्वारा आयोजना गरिने यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउदै उहाँले आफ्नो वडा भित्र रहेका स्वास्थ्य चौकीमा उपलब्ध हुनुपर्ने सेवाको बारेमा बताउनुभयो ।
वडा स्वास्थ्य चौकी प्रमुख तिर्थ राज अर्यालले स्वास्थ चौकी बाट दिनुपर्ने सुविधाहरु नागरिक माझ पुर्याउने कोशिश गरेको बताउनुभयो ।
कार्यक्रमका एक सहभागी पेल्का चौर युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माले स्वास्थ्य चौकीमा पनि इसिजी सेवा प्रदान गरिनुपर्ने बताउदै यो सेवा प्रवाह भए रक्त चापका बिरामीहरुलाई राहत पुग्ने बताउनुभयो ।
इन्सेकद्वारा पुतलाीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार निगरानी समूहका सदस्य भगवान केसीले स्वास्थ्य चौकीमा टिटि सुइको व्यवस्था गरिनुपर्ने माग राख्नुभएको थियो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…