स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ असोज १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को आयोजनामा कावासोती–१७ स्थित कुमारवर्ती स्वास्थ्य चौकीमा  स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १३ गते सम्पन्न भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने कार्यक्रम (इएलपी) अन्तर्गत कावासोती नगरपालिकामा आयोजना गरिएको उक्त कार्यक्रममा सरकारी स्वास्थ्य संस्थाहरुबाट निःशुल्क वितरण हुने औषधिको बारेमा आम सर्वसाधरणलाई जानकारी नहुँदा सेवाबाट वञ्चित हुन पुगेको सरोकारवालाहरुले बताएका छन् ।

photo20210930Nawalpur1

कार्यक्रममा सहभागीहरुले सरकारी स्वास्थ्य संस्थाबाट प्रादन हुने स्वास्थ्य सेवाहरु बारे आम सर्वसाधरण नागरिकलाई जानकार बनाउन आवश्यक रहेको बताउनु भएको थियो ।

कुमारवर्ती स्वास्थ्य चौकीका अध्यक्ष एवम् कावासोती नगरपालिका–१७ का वडाध्यक्ष छबिलाल महतोले सरकारी स्वास्थ्य संस्थाबाट प्रादन हुने सेवा बारे जानकार नहुँदा सेवाग्राहीहरु महंगोमा नीजि स्वास्थ्य संस्था उपचारको लागि जाने गरेको बताउनुभयो ।

स्वास्थ्य चौकी मार्फत निःशुल्क प्राप्त हुने औषधि समेत नीजि क्लिनिकमा सेवाग्राहीहरुले खरिद गरिरहेको उहाँले बताउनुभयो ।

photo20210930Nawalpur2

कुमारवर्ती स्वास्थ्य चौकीका प्रमुख परशुराम भुसालले नेपाल सरकारले तय गरेको औषधिहरु स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गरिरहेको र आवश्यक औषधिहरु स्वास्थ्य चौकीमा उपलब्ध रहेको बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष महतोले स्वास्थ्य चौकीमा निःशुल्क वितरण हुने औषधिको विवरण नागरिक वडा पत्र सहित वडाको विभिन्न स्थानमा सूचना वोर्ड मार्फत जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै स्वास्थ्य विमाको कार्यान्वयनको विषयमा उहाँले सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम को बारे जानकारी गराउदै नागरिकहरुलाई स्वास्थ्य बिमा समेत आग्रह गर्नुभयो ।

सरकारले लागु गरेको बिमा कार्यक्रममा सहुलियत दरमा उपचार पाइने बताउदै उहाँले नागरिकले राज्गले प्रदान गरेको स्वास्थ्य सुविधा पूर्ण रुपमा उपभोग गर्न सुझाव दिनुभयो ।

photo20210930Nawalpur3

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य चौकी मार्फत निशुल्क वितरण हुने औषधी, स्वास्थ्य बिमाको कार्यान्वयन, शुद्ध पिउनेपानी, सरसफाई लगायतको विषयमा सवाल उठाउनुभएको थियो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको स्वास्थ्यको अधिकार सबै नागरिकको पहुँच स्थापित हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) सहजकार्ता गङ्गा विश्वकर्माले गर्नुभएको थियो ।

तिर्थराज डुम्रे