स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया सम्पन्न

  ०८१ पुस २६ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २५ गते कैलारी गाउँपालिका–५ पवेरास्थित जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

photo20250109kailali (2)

कैलारी गाउँपालिकाकी कृर्षी शाखा प्रमुख मैया चौधरीले दिनहु जम्मा हुने फोहर, धुवा, धुलोजस्ता फोहरले वातावरण प्रदुषण भई मानव स्वास्थ्यमा बिभिन्न किसिमका रोगहरु लाग्ने गरेको बताउनु भयो ।

जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ चौधरीले वातावराण स्वच्छ रहे मानव जिवन पनि स्वस्थ्य रहनेभएकोले त्यसको लागि वातावराण संरक्षण गर्न वनजङ्गल जोगाउन वरिपरीको वातावराण हरीयाली र सफा बनाउन आवश्यक रहेको बताउनु भयो ।

photo20250109kailali (1)

इन्सेक कैलालीका जिल्ला सहजकर्ता विरेन्द्र शाहले वातारण संरक्षण र स्वच्छ वातावरण निर्माण महत्वपूर्ण विषय भएको र स्वच्छ वातारणमा बाँच्न पाउने मौलिक हक रहेकोले सरोकारवाला निकाय तथा राज्यका तीन ओटै तह एकजुट भएर वातावरण नीति २०७६ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

मैनामोती चौधरी