स्याङ्जामा आगामी निर्वाचन र मानव अधिकार उल्लङ्घन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्याङ्जामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा चुनाव लक्षित मानवअधिकार उल्लङ्घन बारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्याङ्जा जिल्लामा मानवअधिकार रक्षाको क्षेत्रमा काम गर्ने निकायहरू नागरिक समाज, अपाङ्ग समाज, गैरसरकारी संस्था महासंघ, नेपालबार एसोसियसन, ईनर्जेटिक क्लब, प्रत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, रेडियो स्याङ्जा, महिला तथा बालबालिका अधिकारकर्मी, कम्युनिटी सपोर्ट ग्रुप, दृष्टिविहिन सामुदायिक बिकास केन्द्र, वास नेपालका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आगामी मंसिर ४ को चुनाव लक्षित गतिविधिको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । नागरीक समाजका अध्यक्ष ओम शर्माका अनुसार स्याङ्जा जिल्लामा स्थानिय तह निर्वाचनमा जस्तो अप्रिय मानविय घटनाहरू हुन नदिन पार्टीहरू बिच प्रतिबद्धता भएकोले भविष्यमा समेत त्यस्ता घटनाहरू कमहुन सक्ने बताउनुभयो ।
अपाङ् समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलका अनुसार स्याङ्जा जिल्लाका कुनै पनि मतदान स्थल अपाङ्मैत्री नभएको बताउनुभएको छ । हाल स्याङ्जामा अपाङ्गको संख्या ३ हजार ३ सय २२ जना रहेको र जस मध्ये अतिअपाङ्गको संख्या २२ जना रहेको उहाँ बताउनुहुन्छ ।
कानुनव्यवसायी समेत रहनुभएका तुलसी गिरी भन्नुहुन्छ, हाल सामाजिक संजालमा व्यक्तिको चरित्र हत्याहुने सम्मका क्रियाकलापले ठुलो नकारात्मक असर समाजमा पर्न सक्ने अनुमानगर्न सकिन्छ तसर्थ यसको नियन्त्रणका लागि सम्बन्धित सरकारी पक्षको ध्यानपुग्न जरुरी देखीन्छ ।
सामाजिक अभियन्ता हरी पौडेल र कानुन व्यवसायी पोमनारायण अर्यालका अनुसार हालको निर्वाचनमा आममतदातामा मतदानप्रतिको वितृष्णा जागेको र मतदानमा सहभागि नहुने सम्मको अभिव्यक्तिहरू आउनथालेको बताउनुहुन्छ ।
नेपालमा प्रजातान्त्रीक अभ्यास अनुसार निर्वाचनहुने भएतापनी हालसम्म पनि निर्धक्क संग मतदाता मतदान स्थल सम्मपुग्ने अवस्था छैन । स्थानिय निर्वाचन २०७९ मा चापाकोट नगरपालिका ४ बाट खुल्ला सदस्य पदका उम्मेद्वार रवि वि.क मतदान गर्न जाँदा आफ्नो नाम बाट अरु कसैले मतदान गरिसकेको तितो यथार्थ आँफुलाई प्रस्तुत गरेको इनर्जेटिक क्लबका अध्यक्ष ईश्वर पराजुलीले उल्लेख गर्नुभयो ।
मानवअधिकार आयोग गण्डकी प्रदेश प्रमुख मायादेवी शर्माका अनुसार चुनावका संघारमा मानवअधिकार उल्लङ्घनका धेरै घटनाहरू घट्न सक्छन् त्यसलाई न्यूनिकरण गर्न हामी सबैले आ आफ्ना क्षेत्र बाट प्रस्तुत हुनुपर्ने बताउनुहुन्छ । तमाम घटनाहरूको न्यूनिकरणका लागि आफ्नो तर्फबाट स्याङ्जाका सबै सरकारी निकायहरू संग अनुरोध गर्ने स्पष्ट पार्नुभयो ।
राधाकृष्ण शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…