स्थानीय सहजकर्तालाई दुई दिने अभिमूखीकरण कार्यक्रम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कार्यक्रम सञ्चालित जिल्लाहरूमा परियोजना कार्यान्वयनका लागि स्थानीय सहजकर्तालाई दुई दिने अभिमूखीकरण कार्यक्रम मकवानपुरमा सुरू गरिएको छ ।
इन्सेकले सन् २०१९ देखि २०२१ सम्म सञ्चालन गर्ने परियोजनाको सम्बन्धमा असोज ५ गते मकवानपुरको हेटौँडामा स्थानीय सहजकर्ताका लागि अभिमूखीकरण सुरू गरिएको हो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका श्रीराम बजगाइँले परियोजनाका बारेमा सहजकर्तालाई जानकारी दिएका थिए ।
त्यसैगरी केनद्रीय कार्यालयकी सुबेच्छा खड्काले स्थानीय तहमा परियोजना सञ्चालन गर्ने तरिका, परियोजनाका सूचक र लक्ष्य, स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने तौर तरिका, रिपोर्टिङ र स्थानीय सहजकर्ताको आचारसंहिताबारे जानकारी दिइन् ।
अभिमूखिकरणको पहिलो दिन इन्सेक प्रलेख तथा प्रसार कार्यक्रमका व्यवस्थापक मदन पौडेलले मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धनका सम्बन्धमा जानकारी गराए ।
बहस तथा पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठले अन्तराष्ट्रिय सन्धि, महासन्धि र नेपालमा कायन्वयनको अवस्था तथा इन्सेकले गर्ने कार्यक्रमबारे जनाकारी गराइन् ।
सन् २०१९ देखि २०२१ सम्मका लागि इन्सेकले नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चितताका लागि देशका सात ओटा प्रदेशका ३५ ओटा जिल्लामा परियोजना सञ्चालन गरेको छ ।
हेटौँडामा आयोजित कार्यक्रममा भने प्रदेश १, २, ३ र गण्डकीका सहजकर्ता, सम्बन्धित प्रदेशका कार्यक्रम र प्रलेखसँग सम्बन्धित र प्रदेश संयोजकको सहभागिता छ । त्यसैगरी केन्द्रीय कार्यालयका कार्यक्रम व्यवस्थापकहरूलगायतको सहभागिता रहेको छ ।
इन्सेकले प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी र रौतहट, प्रदेश ३ को मकवानपुर, चितवन, रामेछाप, दोलखा, भक्तपुर र गण्डकी प्रदेशको कास्की, बाग्लुङ, नवलपुर, स्याङ्जा र तनहु जिल्लाका दुई/दुई ओटा स्थानीय तहमा नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चितताका लागि तीन वर्षे परियोजना सुरू गरेको हो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…