स्थानीय सवाल र स्थानीय तहको जबाफदेहिता विषयक कार्यशाला सम्पन्न
डिसिए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय सवाल र स्थानीय तहको जबाफदेहिता विषयक दुई दिने कार्यशाला गौरीगङ्गा नगरपालिकामा भदौ २१ गते सम्पन्न भएको छ ।
इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले दुई दिने कार्यशालाको उद्देश्य र पुर्व कार्यक्रमको स्मरण गर्दै स्थानीय तहमा सुशासन सुनिश्चितताका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
दुई दिने कार्यशालामा डा. हेमराज पन्तले स्थानीय सुशासन प्रणालीका सैद्धान्तिक पक्षहरू र श्रोत व्यवस्थापन (समुचित प्रयोग, मितव्ययिता, पारदर्शिता र जबाफदेहिता) बारे प्रस्तुतीकरण र छलफल गराएका थिए ।
गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले स्थानीय तहलाई सुशासनमा जिम्मेवार र बलियो बनाउनका लागि महत्वपुर्ण कार्यक्रम रहेको बताए ।
गौरीगङ्गा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले इन्सेकले निरन्तर रूपमा सुशासन र मानव अधिकारका क्षेत्रमा कार्यक्रम सञ्चालन गरेर जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिबृद्धि गराएको बताइन् ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…