स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण कार्यशाला सम्पन्न

डिसिएको आर्थिक सहयोगमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण कार्यशाला असोज १४ गते धनगढीमा सम्पन्न भएको छ ।

देशभरकै स्थानीय तहलाई कार्य सम्पादनमा सहयोग पु¥याउने उद्धेश्यले इन्सेकले स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण गर्ने भएकाले उक्त पुस्तिकामा समावेश गर्ने विषयवस्तुको बारेमा जनप्रतिनिधिहरूसँग छलफल तथा सुझाव सङ्कलन गर्न कार्याशालाको आयोजना गरिएको परियोजना संयोजक सरिता पुरीले बताइन् ।

कार्यशालामा इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय संयोजक खडकराज जोशीले मानव अधिकार र सुशासनको बारेमा सम्बन्धित पक्षलाई जानकारी प्रदान गरी क्षमता अभिवृद्धि गर्न, मानव अधिकार र सुशासनको संरक्षण र सम्बद्र्धनमा स्थानीय तहको भूमिका स्पष्ट पार्न, स्थानीय तह र जनताको सम्बन्धलाई सहयोग र प्रभावकारी बनाउन इन्सेकले स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण गर्न लागेको बताए ।

कार्याशालामा सहभागी धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले मानव अधिकार र सम्बृद्धिका लागि जनप्रतिनिधिले गर्ने कार्य र भूमिकाको बारेमा पनि उक्त पुस्तिकामा स्पष्ट रूपमा उल्लेख गर्न आग्रह गरे ।

स्थानीय तहले सम्पादन गर्ने काम कर्तव्यबारे स्थानीय सरकार सञ्चालन निर्देशिका आएतापनि त्यसमा स्पष्ट कार्यविधि नरहेको भन्दै कृष्णपुर नगरपालिका कञ्चनपुरका प्रमुख कर्णबहादुर हमालले निर्माण हुन लागेको सहजीकारण पुस्तिकामा न्याय सम्पादन गर्ने स्वरूप र कार्यविधिलाई समावेश गर्नुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिहरूबिच अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख र कर्मचारीबिच द्वन्द्व भइराख्ने समस्याले पनि सेवाग्राहीलाई प्रभावकारी सेवाप्रदान गर्न असहज भएको बताउँदै घोडाघोडी नगरपालिकाका उपमेयर प्रेमकुमारी थापाले उक्त समस्या समाधान हुने गरी गाइडलाइन बनाउन आवश्यक रहेको बताए । कार्याशालामा कञ्चनपुर र कैलाली जिल्लाका आठ ओटा स्थानीय तहका जनप्रातिनिधिहरूको सहभागिता रहेको थियो ।

photo20180930kailali (1) photo20180930kailali (2) photo20180930kailali (3)

रविना चौधरी