स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्य प्रभावकारी बनाउनु पर्नेमा जोड
नागरिक समाजका अगुवाहरूले स्थानीय सरकार र नागरिक समाजका बीचमा सहकार्य कमजोर रहेको औँल्याएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सदरमुकाम ओखलढुङ्गामा आयोजना गरेको नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा नागरिक संस्थाका अगुवा तथा सञ्चारकर्मीहरूले स्थानीय सरकारले सहकार्यमा चासो नदिएको गुनासो गरे ।
उनीहरूले सरकारको साझेदार निकायको रूपमा भूमिका खेल्दै आएको गैरसरकारी संस्था र जननिर्वाचित प्रतिनिधिले नेतृत्व गरेको स्थानीय सरकारबीच आवश्यक समन्वय नहुँदा विकास निर्माण र रूपान्तरणमा सुशासन र पैरवीका सवालहरू प्रभावित भएको औँल्याएका छन् ।
नागरिक समाजका संस्थाहरू स्थानीय सरकारका प्रतिस्पर्धि नभइ सहयोग भएकाले सहकार्य गर्ने वातावरण बनाउन माग गरेका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ, प्रदेश १ समितिका उपाध्यक्ष गोपालमान थापाले गैरसरकारी संस्थाले सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
थापाले नागरिक समाजका संस्था सरकारका सहयोगी भएकाले सोही अनुसार व्यवहार गर्न स्थानीय सरकार प्रतिबद्ध हुनु पर्नेमा जोड दिए ।
स्थानीय सरकारमार्फत नै बजेट खर्च गर्ने संस्थालाई मात्र स्थानीय सरकारले सहज रूपमा काम गर्न दिने गरेको सोच नेपालका जिल्ला अधिकृत बोधनारायाण श्रेष्ठले बताए ।
उनले जनचेतना अभिवृद्धि र पैरवी मात्रै गर्ने संस्थालाई स्थानीय सरकारले सहयोग नगरेको आरोप लगाए ।
एउटै उद्धेश्य राखेर काम गरिरहेका सरकारी र गैरसरकारी निकाय बिचको दुरी घटाउन जनप्रतिनिधि र नागरिक समाजका अगुवाबिच छलफल गर्न थालिनु सकारात्मक कदम भएको बताउँदै गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष मानबहादुर बस्नेतले इन्सेकको सहयोगमा जिल्लाको सिद्धिचरण नगरपालिकामा छलफल गरेर समन्वयात्मक ढङ्गले अघि बढ्ने निचोड निकालिएको बताए ।
आगामी दिनमा अन्य स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गरिने गैसस महासङ्घका अध्यक्ष मानबहादुर बस्नेतको भनाइ छ ।
छलफलबाट जनप्रतिनिधिहरूले समेत सहकार्य र समन्वय प्रभावकारी नभएको निचोड निकालेका थिए ।
सुनकोशी गाउँपालिका-१० का वडा अध्यक्ष झनककुमार कार्कीले जनप्रतिनिधिविहीन अवस्थामा नेपालका गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण रहेकाले अब पनि साझेदार संस्थासँग मिलेर संयुक्त रूपमा काम गर्ने सरकारी नीति आवश्यक रहेको बताए ।
नागरिक समाजका गुनासाबारे आफ्ना धाराणा राख्दै सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङले जिल्लामा अधिकांश गैरसरकारी संस्थाहरू पुरानै शैलीमा चलिरहेको बताउँदै केहीले नयाँ संरचना अनुसारको अभ्यास गरिरहे पनि स्थानीय तहमा आवश्यक समन्वय नगरेको बताइन् ।
स्थानीय सरकारहरूले गाउँ तथा नगरसभा सञ्चालन हुनु अगावै गैरसरकारी संस्थालाई बजेट, कार्यक्रम पेश गर्न आग्रह गरे पनि त्यसरी दिइएको समयमा गैरसरकारी संस्था सूचीकृत हुन नआएको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले बताए । सूचीकृत हुन नआएका संस्थालाई नगरमा काम गर्न नदिने उनको अडान छ ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले विकास निर्माण र जनचेता अभिबृद्धिका काममा सक्रिय संस्थाले सम्बन्धित सबै पक्षसँग समन्वय गरेर नजिता दिने काम गर्नुपर्ने सुझाव दिए । उनले आरोप प्रत्यारोप छाडेर सहकार्य गर्न स्थानीय सरकार र नागरिक संस्थालाई आग्रह गरे ।
छलफलपछि नागरिक समाजका प्रतिनिधि र जनप्रतिनिधिहरूबीच सबै खाले विकासका काम पारदर्शी, जबाफदेही र सहभागीतामूलक बनाउन स्थानीय सरकार, नागरिक समाजका संस्था र सञ्चारक्षेत्रबीच सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका र सुनकोसी गाउँपालिकाका जनप्रतिनिधि, जिल्लास्थित गैरसरकारी संस्थाहरूका प्रमुख, सञ्चारकर्मी तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि गरी ४५ जना सहभागी थिए ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…