स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यबारे छलफल समपन्न

नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यका बारेमा बृहत अन्तरक्रिया कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा जेठ १७ गते सम्पन्न गरिएको छ ।

युएसएआइडी र एफएचआई ३६० सँगको सहकार्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले धेरै सम्भावना र चुनौतीका बिचमा रहेको स्थानीय सरकारको चाहना भनेको समुन्नत समाज निर्माण गर्ने रहेको बतए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले निर्वाचन सम्पन्न भएको दुई वर्षमा स्थानीय तहका जनप्रतिनिधिले हरेक कामको जग निर्माण गरिसकेको बताए ।

उनले अबको एक दुई वर्षमा अहिले बनाएका जति पनि योजनाहरू छन् ति सबै योजनाको निर्माण कार्य सक्ने गरी काम अघि बढिरहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक शुन्दर लामिछानेले नागरिक समाज र स्थानीय सरकार सहकार्यको विगत, सहकार्यको क्षेत्र, चुनौती र अवसरहरूको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरिएको कार्यपत्र उपर टिप्पणी गर्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले अगामी दिनमा नागरिक समाजका संस्थाहरूले दातृ निकायको मात्र भर नपरी स्थानीय सरकारसँग समन्वय गरी विभिन्न गतिविधि सञ्चालन गर्न सक्ने बताए ।

स्थानीय सरकारले नागरिक समाज र मिडियासँग साझेदारिता गर्न सके स्थानीय तहमार्फत सञ्चालित गतिविधिहरूको प्रभावकारिता बढ्ने केसीले बताए ।
photo20190529dolakha
उद्धव पोखरेल