स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय आवश्यकः उपप्रमुख बस्नेत
स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय र सहकार्य हुनु पर्नेमा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले जोड दिए ।
चरिकोटमा साउन ९ गते इन्सेकद्वारा आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बस्नेतले नागरिक समाजका संस्था र स्थानीय सरकारबिच समन्वय हुन सकेमा जनचेतना अभिबृद्धि, सामाजिक तथा पुर्वाधार विकासले गति लिन सक्ने बताइन् ।
सो अवसरमा उनले नागरिक समाजका संस्थालाई स्थानीय सरकारले स्थायी प्रतिपक्षको रूपमा मात्र नहेरी विकास निर्माण कार्यका लागि साझेदार निकायको रूपमा लिनु पर्ने बताइन् । स्थानीय निकायले हाल सम्पुर्ण ऐन कानुन निर्माण गरिनसकेको हुँदा नागरिक समाजका संस्थासँग सहकार्य हुन नसेकेकाले साझेदारी गर्न चुनौती र कठिनाइ भएको बताइन् ।
एफएचआई ३६० र युएसएडसँगको सहकार्यमा सञ्चालित पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका सामाजिक विकास अधिकृत नारायणप्रसाद सेढाईले दोलखा जिल्लाका केही गाउँपालिकाहरूले नागरिक समाजका संस्थाले कार्यक्रम सञ्चालन गर्न चाहेमा २ प्रतिशतसम्म कर लिने भनी निर्णय भएको हुँदा नागरिक समाजका संस्थाले कर तिरेर काम गर्न नसक्ने बताए । सो अवसरमा उनले स्थानीय निकायसँग भएको स्रोत साधानलाई नागरिक समाजका संस्थामार्फत परिचालन गर्नु पर्ने बताए ।
कार्यक्रममा नागरिक समाजका संस्थाको तर्फाबाट अवधारण पत्र प्रस्तुत गर्नु हुँदै असल शासन समन्वय समिति दोलखाका अध्यक्ष दिपक बस्नेतले स्थानीय तहले उपभोक्ता समितिमार्फत सञ्चालन गर्दै आएको काम नागरिक समाजका संस्थामार्फत सञ्चालन गर्नु पर्ने बताए ।
मेलुङ गाउँपालिकाका प्रवक्ता तथा सामाजिक शाखा प्रमुख हिरा थोकरले नागरिक समाजका संस्थाले गाउँपालिकासँग समन्वय गर्न सक्ने प्रशस्तै सम्भावनाहरू भएको हुँदा यसलाई गैससहरूले उपयोग गर्नु पर्ने बताए ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…