स्थानीय बालमैत्री शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले सामाजिक विकास कार्यालयको सहयोगमा जेठ १ गते रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासनका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले बालमैत्री पालिका निर्माणका लागि नीतिगत रुपमा बालबालिकाका लागि व्यवस्था गरिएको बताउनु भयो । सुत्केरी र महिलालाई पोषणको व्यवस्था, अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्न पाउने व्यवस्था तथा सबै लक्षित वर्गका अधिकारका लागि गाउँपालिका सचेत रहेको उहाँले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले बालबालिकाको क्षमता अभिवृद्धिका लागि काम गरिरहेको बताउनु भयो । उहाँले पूर्णखोप कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नु भयो । पोषणका लागि कार्यक्रम चलिरहेको र त्यसलाई दिगो बनाउने पालिकाको लक्ष्य रहेको उहाँको भनाई छ ।
उपाध्यक्ष लालशोभा गुरुङले भौतिक विकासले मात्र प्राथमिकता पाइरहेको भन्दै बालमैत्री कार्यक्रम सञ्चालनमा कमीकमजोरी भएकाले बालमैत्री पालिका निर्माणका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । बाल अधिकार सुनिश्चित भएमात्र दिगो विकास लक्ष्यमा पुग्न सकिने उहाँले बताउनु भयो ।
इन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संस्थाले मानव अधिकार मैत्री कानुन निर्माण तथा सुशासनका लागि पहल गर्दै आइरहेको बताउनु भयो ।
नारायण केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…