स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न
कमलामाई नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र स्वाधीन पत्रिकाको सहकार्यमा जेठ २० गते कमलामाई नगरपालिकामा स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कार्साङ लामाले जिल्लाका सबै स्थानीय तहमा मानव अधिकार कार्ययोजना अनुगमन संयन्त्र गठन गरी मानव अधिकारका १७ ओटै विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा इन्सेकका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका डा. कुन्दन अर्यालले स्थानीय जनताको अधिकार र सुशासनका लागि इन्सेकले अभियान नै सञ्चालन गर्दै आएको भन्दै जनतालाई पनि आफ्नो अधिकार प्राप्तिका साथै कर्तव्य पालनामा जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले मानव अधिकार राष्ट्रिय कार्ययोजनाले समेटेका शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, वातावरण र दिगो विकासको विषयमा प्रष्ट पार्नुभएको थियो ।
इन्सेकका बरिष्ठ अधिकृत सम्झा श्रेष्ठले सङ्घीयता र मानव अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो ।
कमलामाई नगरपालिकाका नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा समन्वय उपप्रमुख शान्ता कार्की र कमलामाई नगरपालिकाको १४ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वाधीन पत्रिकाका प्रकाशक रुद्र खड्काले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।
नविनबाबु अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…