स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गठित पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा ०८१ भदौ २६ गते स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरिएको हो ।
बैठकबाट शिक्षामा मुख्य समस्या अन्तर्गत दरबन्दी अनुसार शिक्षकको समस्या, अपाङ्गमैत्री शौचालयको अभाव, विद्यालय स्तरमा खानेपानीको कमी, विषयगत शिक्षकको अभाव, किशोरीहरूलाई मनोपरामर्शको कमी, प्रत्येक स्कुलमा प्राथामिक उपचारको व्यवस्थापन र स्कुलहरूमा स्टेचरको अभाव जस्ता समस्याहरू पहिचान गरिएको छ ।
त्यस्तै स्वास्थ्य संस्थामा प्रेसर, सुगर,दम र छालासम्बन्धी रोग, स्वास्थ्य केन्द्रहरूमा समयभित्र औषधि उपलब्ध नहुनु, स्वास्थ्य केन्द्रमा अपाङ्गमैत्री शौचालय नहुनु र खानेपानीको समस्या, समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू नहुनु र बोतलमा भएको पानीको असर, स्वास्थ्यमा अनुगमनको कमी, स्वास्थ्य बिमा बारे अझै पनि नागरिकमा जानकारी नहुनु, बजेटको अभाव र खरिद प्रक्रियामा समस्या जस्ता विषयहरू बैठकबाट पहिचान भएको इन्सेकका फोकल पर्सन ललिता विकले जानकारी दिनुभयो ।
बैठकको सहजीकरण गर्दै फोकल पर्सन विकले वातावरण संरक्षणमा प्लास्टिकजन्य वस्तुहरूको व्यवस्थापनमा कमी, डम्पिङ साइडको व्यवस्थापन नहुनु, बजार परिसरभित्र डस्टबिनको व्यवस्थापन नहुनु, वृक्षारोपण गरिसकेपछि अनुगमन र संरक्षणको कमी, अनावश्यक डोजरको प्रयोगबाट पानीको मुहान सुक्दै जानु, भुक्षय हुनु र डढेलो नियन्त्रणका लागि अग्नी रेखाको व्यवस्थापन नहुनु र सिचाइँ कुलोको पानीमा जथाभावी फोहोर फाल्दा खेतमा परेको प्रभाव जस्ता समस्याको पहिचान भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी विभेदका सवालमा मुख्य समस्याको रुपमा छाउपडी प्रथाका कारण बालबालिका माथि नै हिंसा हुने, अझै पनि विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यमा विभेद हुने गरेको, महिला हिंसा, घरेलु हिंसा र बालविवाह जस्ता स्थानीय तह स्तरमा रहेका विभिन्न शीर्षकमा समस्या पहिचान गरिएको छ ।
बैठकबाट पहिचान भएका समस्याहरूलाई मानव अधिकार समूहले सम्बन्धित निकायसँग सम्बन्धित समस्याको विषयमा जवाफदेही बनाउन ध्यानाकर्षण गरिने जनाइएको छ । बैठकमा मानव अधिकार समूहका पदाधिकारी, सम्बन्धित निकायका शाखा प्रतिनिधित्वहरू, बाल अधिकार समूहका अध्यक्षको सहभागिताबाट समस्या पहिचान गरिएको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…