स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका– ३ का वडाध्यक्ष हरिचन्द्र लम्सालले वडाभित्र मानवअधिकारका विषयमा काम गर्न समूहलाई जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा वडाकै शुक्लागण्डकी माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक अणनाथ भण्डारीले वातावरणसम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले आफूहरुले विद्यालयलाई स्वच्छ राख्न दैनिक वातावरण सरसफाइमा ध्यान दिने गरेको बताएका थिए ।
कार्यक्रममा बोल्दै समूहका सदस्य कुलप्रसाद अधिकारले घाचोकमा जस्तै अन्य वडाहरुमा पनि सरसफाई कार्यक्रम गरी वातावरण मैत्री हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम समूहका अध्यक्ष डिल्लीराम भण्डरीको अध्यक्षतामा भएको थियो भने आतिथ्यतामा शिक्षक, सवाजसेवी जनप्रनिनिधि, तथा मानवअधिकार समूह तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सन्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…