स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ ।
कार्यक्रममा मादी गाउँपालिका– ४ का शिव प्रसाद सापकोटाले वातावरण सम्बन्धी हक नेपालको संविधानल मौलिक हकका रुपमा व्यवस्था गरेको र स्वच्छ वातावरणमा बाच्न पाउने नागरिकको अधिकार भएको भन्दै आफ्नो क्षेत्रमा सबै नागरिकलाई उक्त अधिकार प्रदान गर्न आफूले प्रयास गरिरहेको बताउनुभयो ।
समूहका सह–सचिव ऋषिराम सापकोटाले स्थानीय तहका हरेक योजनामा मानव अधिकार समूहको उपस्थिति आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक राजेन्द्र प्रसाद शर्माले वन के हो ? वातावरण सम्बन्धी नागरिकको अधिकार र कर्तव्य के हो? स्थानीय तहमा वातावरण सम्बन्धी के कस्ता अधिकारहरु रहेका छन् ? र फोहोरमैला व्यवस्थापन र वृक्षारोपणका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम समूहका सह–सचिव ऋषिराम सापकोटा, सदस्य गिता सापकोटा, सामुदायिक वन समितिका पदाधिकारीहरु,बाल अधिकार समूहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सन्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल गरिएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रालयका प्रतिनिधि, मुख्य न्यायाधीवक्ता, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र मानव अधिकार रक्षक…
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…