स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत ०८० कात्तिक २१ गते चितवनको इच्छाकामना गाउँपालिका-४ मा स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठक सम्पन्न भएको छ ।
छलफलमा इच्छाकामना गाउँपालिका भित्र रहेका समस्याहरूको पहिचान गर्दा इच्छाकामना गाउँपालिकाका अधिकांश समुदाय बिजुली बत्तिबाट वञ्चित रहेको हुँदा तार तथा पोलको व्यवस्था जरुरी रहेको, कृषकहरूलाई प्रोत्साहनका लागि बिउबिजन तथा अनुदानको व्यवस्था गनु पर्ने, गर्भवती महिलाहरूलाई प्रसुतिका लागि निःशुल्क यातायातको सुविधा नभएको, इच्छाकामना गाउँपालिकामा पिछडिएका समुदायमा समस्या रहेको मानव अधिकार समूहको सदस्य पार्वती गिरीले बताउनु भयो ।
त्यहाँका बालिकाहरूलाई सेनेटरी प्याडको प्रयोगको बारेमा थाहा नभएको हुुँदा तालिम तथा सेनेटरी प्याडको वितरण गर्नु पर्ने रहेको र अघिल्लो बैठकमा पहिचान गरेका समस्याहरूमा इच्छाकामना गाउँपालिका-१ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा डस्बिनको उपलब्ध नभएको उहाँले बताउनु भयो ।
यस्तै इच्छाकामना गाउँपालिका-२, घुर्केशको श्री शान्ति आधारभुतमा डस्विनको व्यवस्था नभएको समूहकी सदस्य विसु गुरुङले बताउनु भयो । इच्छाकामना गाउँपालिका-३, फिस्लिङदेखि चैनुङ सम्मको बाटो अति नै जोखिम भएको कारण सामुदायिक विद्यालय राष्ट्रिय आधारभुत विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई जोखिम भएको कारण बाटो मर्मत गर्नु पर्ने उहाँले उल्लेख गर्नुभयो ।
इच्छाकामना गाउँपालिका-४, कुरिनटार बजारको टोल टोलमा कुहिने र नकुहिने डस्विनको आवश्यकता रहेको छ भने वडा नं ५ मुग्लिङदेखि इच्छाकामना मन्दिरसम्म विभिन्न जातजातिका फुलहरू, बोटबिरुवाहरूको वृक्ष रोपण कार्यक्रम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले वडा नं ६ मा बालविवाहसमबन्धी जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने माग गाउँपालिकामा ध्यान आकर्षण गराउने निर्णय सर्ब सम्मत गरिएको बताउनु भयो ।
इच्छाकामना गाउँपालिका-४ को सभाहलमा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू, राजनीतिक दलका व्यक्ति, स्थानीय तहका कर्मचारीहरू आदिको सहभागिता रहेको थियो । यस कार्यक्रममा स्थानीय तहमा मानव अधिकार समूहहरूको समस्या, आगामी कार्ययोजनामा उक्त स्थानमा भएका समस्या सुधार ल्याउनु पर्ने पक्षहरूको विविध छलफल भएको थियो । कार्यक्रमको सहजिकरण इन्सेक चितवन सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…
जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बालअधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते सोही गाउँपालिकाको बजार चौकमा जनचेतनामूलक सडक नाटक…
माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकार समूहको १३ बुँदे ध्यानकर्षण पत्र
माछापुच्छ्रे गाउँपालिकाको मानवअधिकार समूहले गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्याललाई १३ बुँदे माग राख्दै मङ्सिर १४ गते ध्यानकर्षण पत्र बुझाएका छन् । मानव…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर १२ गते शम्भुनाथ नगरपलिका–१० लहरनिया टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…