स्थानीय तहको महसुस सर्वसाधारणले गर्न पाएका छैनन्ः सदस्य पौडेल
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले अब सामाजिक, सांस्कृतिक अधिकारबारे छलफल अगाडि बढाउनुपर्ने र समाचार सङ्कलन गर्नुपर्ने बेला आएको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा नेपाल पत्रकार महासङ्घ पाल्पा र इन्सेकको पहलमा गठन भएको मानव अधिकार निगरानी समूहको समन्वयमा असार ४ गते बाट तानसेनमा सुरू भएको मानव अधिकार र सञ्चार विषयक दुई दिने तालिमका अवसरमा उनले सो कुरा बताएका हुन् ।
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिएपछि खास सर्वसाधारणले त्यसको अनुभव गर्न नपाएको बताउँदै उनले यस कार्यमा सञ्चारकर्मीहरूले कलम चलाउनुपर्ने बताए ।
तालिममा मानव अधिकार आयोगका उपनिर्देशक यज्ञप्रसाद अधिकारी, चन्द्रकान्त चापागाईलगायतले सहजीकरण गरेका छन् । तालिममा पाल्पामा क्रियाशील मानव अधिकारकर्मी र पत्रकार गरी ३० जनाको सहभागिता रहेको छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…