स्थानीय तहको आवस्यकता बुझेर निती बनाउनु पर्नेमा जोड
स्थानीय तहको आवस्यकता बुझेर निती, ऐन र कार्यविधि बनाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा वैशाख २९ गते नेपालगञ्जमा आयोजित शिक्षा, स्वास्थ्य र वातावरणीय अधिकार सम्बन्धी स्थानीय तहको निती कानुन निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले उक्त कुरा बताउनु भएको हो ।
खत्रीले सबै स्थानीय तहको आवस्यकता एकै प्रकारको नहुने भएकाले वास्तविकतामा टेकेर ऐन, नियम र कानुन बनाउनु पर्ने बताउनु भयो । उहाँले आवस्यकताका आधारमा एन, कानुन बने मात्र नागरिकले अनुभुति गर्ने बताउनु भयो ।
कानुन बनाउने, विकास गर्ने र अनुगमन गर्ने जिम्मेवारीका बारेमा कर्मचारीहरूलाई राजनीतिज्ञहरूले बुझाउन नसकेको बताउदै खत्रीले कर्मचारीहरू सङ्घीयताको मर्म अनरुप रूपन्तरित हुनु पर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य बादसाह कुर्मीले सबैले इमान्दारिता पूर्वक काम गर्नु पर्ने बताउनु भयो । कुर्मीले राजनीतिक स्थायीत्व नभएका कारण पनि समस्या सृजना भएको बताउनु भयो ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले ऐन कानुन बीना कुनै पनि काम सञ्चालन गर्न नसकिने बताउदै नागरिकमा कानुनलाई आत्मसागर्ने वातावरण जरूरी रहेको बताउनु भयो ।
बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले कानु निर्माण सोचे जस्तो जटिल विषय नभएको भन्दै स्थानीय तहमा भएका कानुनी सल्लाहकारहरूलाई जिम्मेवारी दिए सहजै कानुन निर्माण हुने बताउनु भयो ।
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले धेरै जसो स्थानीय तहले अन्य स्थानीय तहमा बनेका कानुनहरू हुबहु राख्ने गरेको बताउनु भयो । मल्लले कर्मचारीहरूलाई कानुन निर्माणसँग सम्बन्धीत तालिम आवस्यक रहेको बताउनु भयो ।
उहाँले छोटो अवधिमै प्रमुख प्रशासकीय अधिकृत फेरिदा कानुन निर्माणमा समस्या परेको आरोप लगाउनु भयो ।
अधिवक्ता बसन्त गौतमले खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा बनेका कानुनहरू र कार्यान्वयनको अवस्थाकाबारेमा प्रस्तुती गर्दै बनेका कानुनहरू कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भयो ।
गौतमले बनेका कानुनको अनुभूति नागरिक गर्न पाए पाएन भन्ने कुरा महत्वपूर्ण भएको बताउनु भयो ।
खजुरा गाउँपालिका महिला बालबालिका शाखाकी प्रमुख शुसीला न्यौपानेले सबै स्थानीय तहको आवस्यकता एकै नासको नभएको बताउदै कर्मचारीहरूको क्षमता अभिवृद्धि आवस्यक रहेको बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै संविधानले मौलिक हकमा व्यवस्था गरेका अधिकारहरूका विषयमा स्थानीय तहले नीति, कानुन र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भयो ।
लक्ष्मी थारू
सम्बन्धित इन्सेक गतिविधिहरू
नेतृत्व विकास र पैरवी तालिम सम्पन्न
मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई नेतृत्व विकास तथा पैरवी तालिम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा दुई दिने तालिम असोज ९ वीरेन्द्रनगरमा…
श्री राष्ट्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिबाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया…
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।…
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…