स्थानीय तहका सवालको उचित सम्बोधन र जबाफदेही बन्नुपर्नेमा जोड

स्थानीय तहमा उठ्ने सवालको उचित सम्बोधन र जबाफदेही बन्न सकेमा मात्र सर्वसाधारणले गाउँमा सिंहदरबार आएको आभास गर्ने एक कार्यक्रमका सहभागीहरूले निष्कर्ष निकालेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज ५ र ६ गते मङ्गलसेनमा आयोजित 'स्थानीयका सवाल सम्बोधन र जबाफदेहिता' कार्यक्रमका सहभागी जनप्रतिनिधि र कर्मचारीहरूले यस्तो निश्कर्ष निकालेका हुन् ।

मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र तीन स्थानीय तहका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्थानीय सवाल सम्बोधन र जबाफदेही बन्न चुनौती रहेपनि आवश्यकता रहेको बताएका हुन् ।

नागरिकका सवालहरूलाई सरकारको माध्यमबाट सहज रूपमा सम्बोधन गर्न आफूहरूलाई मतदाताले मत दिएर पठाएको भन्दै जनप्रतिनिधिले जिम्मेवारी पूरासँगै जबाफदेही समेत बन्नुपर्नेमा जोड दिएका छन् ।

मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले नागरिकका सही सवालहरू सम्बोधन गर्ने आफ्नो दायित्वसँगै जबाफेदेही बन्नुपर्ने बताए ।

इन्सेक सुदूरपश्चि प्रदेश संयोजक खडकराज जोशीले इन्सेकले मानव अधिकार अभिलेखीकरण र प्रसारको कामसँगै स्थानीय सरकारसँग मिलेर काम गरिरहेको बताए ।

सर्वसाधारण नागरिकले राज्यका सेवाबाट वञ्चित हुन नहुने भन्दै सेवा प्रदायक जबाफदेही हुनुपर्नेमा संयोजक जोशीले जोड दिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा अछामका तीन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई स्थानीयका सवाल सम्बोधन र जबाफदेहिताका बारेमा तालिम सुरू गरिएको छ ।

दुई दिनसम्म चल्ने उक्त तालिममा प्राध्यापक डाक्टर हेमराज पन्त, इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी, कार्यक्रम संयोजक सरिता पुरीले सहजिकरण गरेका थिए ।

1

1

1

1

1

1

1

1

शिवराज ढुङ्गाना