स्थानीय तहकाे समीक्षा तथा आगमी कार्ययोजना र मुख्य समस्या सम्बन्धमा बैठक सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार समूहले ०८० फागुन १२ गते मिथिला नगरपालिकामा स्थानीय तहकाे समीक्षा तथा आगामि कार्ययोजना र मुख्य समस्या सम्बन्धमा बैठक सम्पन्न गरेकाे छ ।
उक्त बैठकमा मानव अधिकार समूहले मिथिला नगरपालिका भित्र शिक्षा, स्वास्थ्य र वातावरणसँग जाेडिएका समस्याहरूकाे न्यूनिकरण तथा समाधान बारे विगतमा भएको कार्ययोजनाहरूलाई विधिगत रूपमा कार्यान्वयन गर्ने निर्णय मानव अधिकार समूहले गर्यो । मिथिला नगरपालिकामा मानव अधिकार समूह गठन नगरपालिकाकाे प्रत्यक्ष संङ्गल्तामा भएको थियाे । तर, यस समूहलाई सञ्चालन गर्नकाे निम्ति आर्थिक स्रोतकाे अभाव रहेकाे र मिथिला नगरपालिकामा अवस्थित नदिनाला तथा खाेलाहरू जस्तै जलाद, औरही, रातु, बसही र बडहरी खाेलाहरूकाे अनाधिकृत रूपमा भइरहेकाे उत्खनन जस्ता समस्याहरू पहिचान गरिएको छ।
त्यस्तै, शिक्षा क्षेत्र अन्तर्गत मिथिला नगरपालिका-११ चुरे स्थित माध्यभिक विद्यालय तुलसि चौडा र देउराली माध्यभिक विद्यालय, माध्यभिक विद्यालय हरिहरपुर, वडा नं ३ र आर्दश माध्यभिक विद्यालय, लालगढ वडा नं १० मा विषय गत शिक्षक दरबन्दीकाे अभाव रहेकोले ती समस्याहरूलाई प्रदेश स्तरीय मानव अधिकार समूहको सहयोगमा मधेस प्रदेश शिक्षा मन्त्रालयमा ध्यानाकर्षण गराउनुका साथै नदीजन्य पदार्थकाे अनाधिकृत उत्खनन राेक्थामकाे लागि समेत सम्बन्धि मन्त्रालयमा ध्यानाकर्षण गराउने सर्वसहमतिमा निर्णय गरियो ।
उक्त कार्यक्रममा मिथिला नगरपालिका मानव अधिकार समूहका अध्यक्ष माेहन कुमार महताेले वातावरण संरक्षणका निम्ति सबै सराेकारवाला निकायहरू हातेमालाे गरी एक साथ अगाडि बढ्नु पर्ने बताउनु भयाे । साथै स्थानीय तहकाे समिक्षा तथा आगमी कार्ययोजना र स्थानीय तहमा देखा परेका मुख्य समस्याहरूकाे पहिचान गरी ती समस्या समाधानका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष महताेले बताउनु भयो ।
सन्तोष कुमार यादब
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ। नगर…
वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र कायापलटको सहकार्यमा वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम ०८१ मङ्सिर २६ गते जनकपुरधाममा सम्पन्न भएको छ । डिसिए…
मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक मुख्यमन्त्रीलाई बुझाइयो !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशिल प्याकुरेल र इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी सहितको टोलीले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक…
‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम ०८१ मङ्सिर २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्ध प्रभात र्याली र सचेतना कार्यक्रम सम्पन्न
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको समन्वय तथा ब्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम अन्तर्गत (डिसेम्वर १० मा) ०८१ मङ्सिर २५ गते चौतारा सागाचोकगढी नपा १२ मा…