स्थानीय जनप्रतिनिधि र निगरानी समूहको क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूको लागि आयोजित क्षमता अभिबृद्धिसम्वन्धि तालिम असोज २१ गते डोटीमा सम्पन्न गरिएको छ ।
तालिममा मानव अधिकार, मानव अधिकारको विकासमूखी अवधारणा, स्वास्थ्य, शिक्षा, खाद्य, आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारलगायतका विषयमा सहजीकरण गरिएको थियो ।
इन्सेक सुदूरपश्चिम कार्यालयका कार्यक्रम संयोजक दिलबहादुर चौधरीले स्थानीय जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धि होस् र नागरिकहरूले सहज रूपमा सेवा सुविधाहरू पाउने वातावरण बनोस् भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए ।
बोगटान गाउँपालिकाका–६ का वडा अध्यक्ष विरेन्द्र चन्दले तालिमका माध्यमबाट आफूहरूले सुशासन, नागरिकका हक अधिकार र नागरिकलाई सहज रूपमा कसरी न्याय दिन सकिन्छ भन्ने विषयमा प्रेरणा मिलेको बताउँदै आगमी दिनमा आफूहरूलाई काम गर्न सहज हुने बताए ।
मानव अधिकार निगरानी समूहकी संयोजक ममता कुँवरले तालिमबाट मानव अधिकारसँग सम्बन्धित ज्ञान र सीप प्राप्त भएकाले आगमी दिनमा जनप्रतिनिधिहरूसँग समन्वय गरेर नागरिकका समस्या समाधान गर्नतर्फ सहज हुने बताइन् ।
तालिममा केआईसिं गाउँपालिका, बोगटान गाउँपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको सहभागिता रहको थियो ।
बासुदेव जोशी
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…