सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा स्वास्थ्य, शिक्षा र खाद्य आधिकारको सवालमा सेवा प्रदाययक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम फागुन २७ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सेवाग्राही तथा सहभागीहरूको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बधी रहेका समस्या र जिज्ञासाहरू सम्बोधन गर्दै जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले अहिले पहुँचको आधारमा नभई कामको मुल्याङ्कन गरी, कामको आधारमा किसानलाई सेवा सुविधा दिइरहेको बताए ।
जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक लोकेन्द्र भट्टले कुनै पनि ठाउँको विद्यालयले गरेका कमी कमजोरीसहित लिखित रूपमा निवेदन आए निर्देशिका अनुरूप कारबाही गरिने बताए ।
रविना चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…