सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ को आयोजनामा जेठ १० गते लिसङ्खुपाखर गाउँपालिकामा सेवा प्रदायक निकाय र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तरक्रिया कार्यक्रमका लिसङ्खुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगङ्गा मोक्तानले कर्मचारीको समस्याले जनताले भनेको जति सेवा दिन समस्या भएको बताइन् ।

उनले कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारलाई इन्सेकमार्फत सुझाव पठाउन चाहेकोसमेत बताइन् ।

सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष रामकुमार थापाले सङ्घीय, प्रदेश र स्थनीय सरकारको  मानव अधिकारमैत्री ब्यवहार नभएका कारण मानव अधिकार संरक्षणमा समस्या भएको आरोप लगाए ।

इन्सेको कार्यक्रमको प्रभावले थुम्पाखरस्थित श्री सेतीदेवी माविमा जङ्कफुड लैजान प्रतिबन्ध लगाएकोले बाल बालिकाहरूमा बिरामी हुने समस्या कम भएको वडा अध्यक्ष थापाले बताए ।

लिसङ्खुपाखर गाउँपालिका–७ का वडा अध्यक्ष बयानबाहादुर तामाङले टेण्डर प्रक्रियाले स्वास्थ्य चौकीमा केही समयको लागि औषधिहरूको समस्या हुने बताए ।

इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूहले योजना र कार्यक्रम बनाएर वडामा पेश गरेमा रकम छुट्याउने वडा अध्यक्ष तामाङले प्रतिबद्धता ब्यक्त गरे ।

सेवाग्राहीहरूको तर्फबाट स्थनीय पाल्साङ तामाङले डाँडापाखर स्वास्थ्य चौकीमा औषधि नपाएको गुनासो गरिन् ।  स्वास्थ्य स्वयम्सेविका राधिका दर्नालले अहिलेका सबै समस्याहरू सुधार गर्नुपर्ने बताइन् ।

potho20190525sindhupalchok (1)

potho20190525sindhupalchok (2)

potho20190525sindhupalchok (3)

potho20190525sindhupalchok (4)

potho20190525sindhupalchok (5)
नातिबावु धिताल