सेवा प्रदायक र सेवाग्राहीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजानामा सेवा प्रदायक र सेवाग्राहीबीच जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम असार ३१ गते जनकपुरमा सम्पन्न गरिएको छ ।
स्थानीय समुदायले सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे अन्तर्क्रिया गरिएको हो ।
हालको अवस्थामा शिक्षा, स्वास्थ्य र खाद्यान्नसँग सम्बन्धित अधिकारहरू स्थानीय तहमा गएकाले नियमन सञ्चालनमा समस्या भएको कार्यक्रमका सहभागीहरूको भनाइ छ । स्थानीय तहहरू पूर्णरूपले व्यवस्थित हुन नसकेकोले कार्य सम्पादनमा समेत कठिनाइ उत्पन्न भइरहेको र जनताले पाउनु पर्ने अति आवश्यक अधिकारहरू उपभोग गर्न नपाएको सहभागीले गुनासो गरे ।
शिक्षा विकास समन्वय समितिका अधिकृत राजदेव यादवले शिक्षामा रहेका समस्याहरूलाई समन्वय गरी सामाधान गरिने बताए ।
शिक्षक गणेश महतोले समयमा तलब नखुवाएका कारण शिक्षकहरूलाई समस्या भएको बताए । उनले विद्यार्थी भर्ना अभियान जोडतोडले चलेपनि विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून रहेको बताए ।
कार्यक्रममा मानव अधिकार निगरानी समूहकी सचिव उर्मिला यादवले स्वास्थ्य चौकीहरूमा जनतालाई निःशुल्क औषधिमा सहज पहुँच नभएकोले जनसङ्ख्याको आधारमा औषधि वितरण हुनु पर्नेमा जोड दिइन् । उनले शिक्षामा समान व्यवहार लागु भइरहेको उल्लेख गर्दै दलित बालबालिकालाई शिक्षाको पहुँचमा विशेष ध्यान दिनु पर्ने बताइन् ।
मानव अधिकार निगरानी समूह बटेश्वरका सचिव दिलिप लामाले तरकारी बालीमा विषादीहरू छर्कने गरेकाले मानिसहरूमा विभिन्न रोगहरू देखा परेको कारण विषादी नियन्त्रण गर्नु पर्ने बताए ।
स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ र खाद्यान्नमा रहेका समस्याहरू समाधान गरिने जिल्ला जनस्वास्थका प्रमुख हरिशचन्द्र साहले बताए । उनले भने-"सबै अधिकार र वजेट स्थानीय निकायमा गएकोले अब हामी समन्वय गर्ने काम मात्र गर्नेछौँ ।"
विनोदकुमार रविदास
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…