सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय व्यक्तिलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रम जेठ ३० गते सिलगढीमा सम्पन्न भएको छ ।

Photo20170613Doti

कार्यक्रममा सेवा प्रदायक निकायका प्रमुख एवम् प्रतिनिधिहरूले सेवाग्राहीहरूलाई कार्यालयबाट सहज ढङ्गले सेवा उपलव्ध गराउने प्रतिबद्धताका साथै सेवाग्राहीलाई पनि आफ्नो कर्तव्यवोध गर्न सुझाएका थिए ।

सो कार्यक्रममा सेवा प्रदायक निकायका प्रमुख एवम् प्रतिनिधि, जिल्लास्तरीय मानव अधिकार निगरानी सञ्जालका पदाधिकारीहरू, सञ्चारकर्मीहरू तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।

दीर्घ खत्री