सेवाप्रदायक र सेवाग्राही विच छलफल
कार्यक्रम प्रभावकारी भएपनि जनताका विचमा प्रचारप्रसार कमि हुँदा कार्यक्रम ओझेलमा परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ३० गते आयोजना गरेको कार्यक्रममा सहभागिहरूले बताएकाछन् ।
साविकका कार्यक्रम सञ्चालन भएका २ वटा गाबिस रौता र भलायडाँडाँलाई लक्षित गरी हालको रौतामाई गाउँपालिका वडानं ७ मुर्कुचीमा आयोजना गरिएको सेवाप्रदायक र सेवाग्राही विच शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले कार्यक्रमको बारेमा पर्याप्त जानकारी नहुँदा जति प्रभावकारि हुनु पर्ने हो त्यो हुन नसकेको बताए ।
माध्यमिक बिद्यालय रौतारानीबासका प्रधानाध्यापक शेरबहादुर आलेले बालबालिकाको चौतार्फी विकासका लागि कार्यक्रम धेरै प्रभावकारी भएको बताए । उनले कार्यक्रम प्रभावकारी भएपनि निगरानी समुह सुस्त हुँदा जनताका विचमा प्रचारप्रसारमा कमि आएको बताए ।
मावि भलायडाँडाँका शिक्षक सुर्य पोखरेलले कार्यक्रम राम्रो भएपनि वजेट अभावकाकारण केहि समस्या देखापरेको बताए । उनले बिद्यालयका बालबालिकालाई दिने रकम न्युन हुँदा सोचेअनुरुप काम गर्न नसकेको बताए । त्यस्तै मावि हाडेबास शिक्षक चित्रबहादुर खत्रीले कार्यक्रम सञ्चालन भएपछि बालबालिकाको शैक्षिक तथा वाहिय क्षमतामा बृद्धी भएको बताए ।
साविकको भलायडाँडाँ गाबिसका निगरानी समूहका अध्यक्ष पृथ्वीबहादुर कटुवालले जनप्रतिनिधिको अभावमा सञ्चालन भएको कार्यक्रमले धेरै राहत पुगेको बताए । त्यस्तै रौताका निगरानी समूहका उपाध्यक्ष लोकमान तामाङले निगरानी समूहमा रहेका साथीहरू कृयाशिल नहुँदा कार्यक्रम समस्यामा परेको बताए ।
उदयपुर उद्योग बाणिज्य संघ मुर्कुचीका अध्यक्ष राजेन्द्रप्रसाद साहले भौगोलिक विकटताका कारण केहि असहज भएको बताए । सहभागिबाट आएको सुझाब तथा गुनासोको बिषयमा इन्सेक क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख सोमराज थापाले सबैलाई समेटेर कार्यक्रमको लक्ष्यलाई अगाडि बढाईने सुझाब दिए ।
उनले बिधीको शासनलाई कायम गर्न सेवाप्रदायक निकायलाई जिम्वेवार बनाउनु नै कार्यक्रमको उदेश्य रहेको बताए । उनले अहिले पनि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरू पछि परिरहेकाले यीनीहरूलाई अगाडी लैजान सबैको साथसहयोग आबश्यक रहेको औल्याए ।
भरत खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…