सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अर्न्तगत आज वेलकम होटल जनकपुरमा सेवाप्रदायक र सेवाग्राहीबिच जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत चैत ३१ गते जनकपुरमा सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक राजदेव यादवले शैक्षिक गुणस्तरीयता बढाउनको लागि सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने र नीतिगत कुरामा जिल्ला शिक्षा कार्यालयले पहलकदमी लिनु पर्नेमा जोड दिए ।
विद्यालयहरूमा दलित, जेहेन्दार, महिला, अपाङ्गताको छात्रवृत्तिलगायतको विषयमा कुनै पनि बहानामा विद्यालयले अनियमितता गर्न नमिल्ने र विद्यालयले दिने सेवा सुविधाको बारेमा नागरिक वडा पत्र राखी सेवाग्राहीलाई सुसूचित गराउनु पर्ने उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रकुमार रायले स्वास्थ्य चौकीमा ३९ प्रकारका औषधि, प्राथमिक स्वास्थ्य चौकीमा ७२ प्रकारका औषधि निःशुल्क वितरण गरिएको बताए पनि हाल धनुषा जिल्लाको स्वास्थ्य चौकीहरूमा औषधिको अभाव रहेको जनगुनासोलाई छिटै समाधान गरिने प्रतिबद्धता जनाए । स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य चौकीले प्रदान गरिरहेको सेवा सुबिधाका बारेमा जनतालाई सूचना दिनको लागि नागरिक वडा पत्र व्यवस्थापन गरिने उनले बताए ।
जिल्ला कृषि विकास कार्यालयका अधिकृत देवनारायण रजकले कार्यालयले प्रत्येक गाउँमा कृषि प्राविधिक पठाउन नसकेको हुँदा अब छिटै गाउँमा सेवा केन्द्र र प्रत्येक गाउँमा कृषि प्राविधिक पठाउने तयारीमा रहेको बताए । विउ विजन, मलखाद व्यक्ति र समूहलाई समेत उपलब्ध गराउने र कृषकहरूलाई कृषि औजार र कृषि तालिमको लागि पहल गरिने उनले बताए ।
जिल्ला पशु सेवा कार्यालयका अधिकृत रामपुकार ठाकुरले जिल्लाका ३० वटा गाउँमा पशु स्वास्थ्यकर्मी पठाएको बताए पनि गाउँसम्म नपुगेको जनगुनासोलाई अबिलम्ब कार्यान्वयन गरिने बताए । कृषकहरूको लागि तालिमको व्यवस्था रहे पनि कृषकहरू सम्पर्कमा नआउने गरेको उनले बताए । पशु स्वास्थ्यकर्मीहरूले गाउँगाउँमा कृषकको पशुहरूको कृतिम गर्भधारण गराउन जाने गरेको उनले बताए ।
मानव अधिकार निगरानी समूहका अध्यक्ष राममणी कुसवाहाले कृषकहरूको समूहसमूहमा पशु सेवासम्बन्धी अभिमूखीकरण गर्न पशु सेवा कार्यालयसँग माग गरे ।
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका सचिव उर्मिला यादवले जनताको घरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार प्राप्त गर्नका लागि जिल्लास्थित कार्यालयहरूले नीतिगत रूपमा पहल गरी अनुगमन र मुल्याङ्कनको कार्यलाई तीव्रता दिनु पर्ने बताइन् ।
विनोदकुमार रविदास
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, निड्स नेपाललगाायतका संघसंस्थाहरुको संयूक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १७ र १८ गते सडक…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ । कार्यक्रममा…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…