सेवाप्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको एक दिने अन्तरक्रिया कार्यक्रम ०७३ फागुन २१ गते जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।

अन्तरक्रियामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत परियोजना सञ्चालित वासुदेवी र गगुडा गाविससँगै जिल्लामा रहेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा छलफल गरिएको थियो ।

गाविसस्तरमा रहेका सवालहरू इन्सेकका जिल्ला सहजकर्ता वासुदेव जोशी र जिल्लामा रहेका सवालहरूका बारेमा जिल्ला प्रतिनिधि दीर्घ खत्रीले सेवाप्रदायक निकायलाई जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा धेरैजसो नीतिगत समस्याहरू रहेका विषयवस्तुबाहेक आफ्नो क्षेत्रबाट गर्न सकिने सुधारमा जिल्लाका सेवा प्रदायक निकायहरू सचेत रहेको कार्यक्रममा सहभागी जिम्मेवार निकायका प्रतिनिधिले बताएका छन् ।

सो कार्यक्रममा जिल्लामा रहेका सेवा प्रदायक निकायका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्तरीय मानव अधिकार निगरानी समूह तथा सञ्जालका पदाधिकारीहरू, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

.

.

.

Photo20170304Doti3

दीर्घ खत्री