सेवाप्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सुनसरी जिल्लाका सेवा प्रदाय निकायका प्रमुख तथा प्रतिनिधि र सेवाग्राहीबिच चैत २९ गते इनरुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा इन्सेकका पूर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापाले राज्यको पुनःसंरचनासँगै नागरिक पनि रूपान्तरित हुनु पर्ने बताए ।
उनले राजनीतिक परिस्थिति अनुसार नागरिकले पनि आफ्ना अधिकारसँगै कर्तव्यलाई पनि विर्सन नहुने बताए । नागरिकका अधिकार स्थापित गर्नका लागि नागरिक आफैँ सचेत हुनुपर्ने उनको भनाइ थियो । जिम्मेवार निकायलाई बदलिँदो परिस्थिति अनुसार अझ जिम्मेवार बनाउन कार्यक्रम उपयोगी भएको संयोजक थापाको भनाइ छ ।
कार्यक्रमा सुनसरीको एउटा गाउँपालिका र अर्को नगरपालिकाको दुई वटा वडाका मानव अधिकार निगरानी समूहका पदाधिकारीले गाउँमा भोगिरहेका शिक्षा, स्वास्थ्य र खाद्यका समस्याहरू जिल्लास्थित सेवा प्रदायक निकायका प्रमुख तथा प्रतिनिधि समक्ष राखेका थिए ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवनाथ महतो, जिल्ला कृषि विकास कार्यालयका हेमराज कोइराला, जिल्ला स्वास्थ्य कार्यालयका उमेश गौतम लगायतले नागरिकका सवालको जबाफ दिएका थिए । उनीहरूले स्रोत साधनको अभावमा नागरिकले चाहेजस्तो सेवा दिन नसकिएको बताए । सिमित स्रोत र साधन अनुसार आफू र आफू मातहतका कार्यालयले सेवा दिइरहेको उनीहरूको भनाइ थियो ।
शेखर ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…