सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २३ गते मोरङको जहदा गाउँपालिकामा सेवा प्रदायक र सेवाग्राही विच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयका सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो ।

photo20180107morang (3)

कार्यक्रममा सेवाग्राहीहरूले मल, विउ समयमा नपाउने गरेको, सिञ्चाइको सुविधा नपाएको गुनासो गरेका छन् । सेवाग्राही बद्री खनालले बालबालिकाहरू नियमित विद्यालय जाने गरेको गुनासो गर्दै  शिक्षकहरूले सक्रिय हुन जरूरी रहेको बताएका छन् ।

नया संरचना अनुसार सेवा प्रवाह नहुदा सेवा पाउन नसकेको स्थानियले गुनासो गरेका छन । गाउपालिकाको क्षेत्र ठुलो भएको तर कृषि, शिक्षा, स्वास्थ्य, पशु क्षेत्रका प्राविधिक अभाव हुदा सेवा पाउन नसकेको उनिहरूको गुनासो छ ।

कार्यक्रममा उठेका सवालको जबाफ दिँदै जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण समस्या भइरहेको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने गरी योजना बनाउने बताए ।

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले सेवा प्रदायक र सेवाग्राहीबिच समय समयमा अन्तरक्रिया भए सुधार गर्ने अवसर हुने र योजना बनाउन सजिलो हुने बताए । थापाले इन्सेकले स्थानीय स्तरमा गठन गरेको मानव अधिकार निगरानी समूहले निरन्तर यस्ता विषयमा चासो राख्दै खबरदारी गर्ने र सकारात्मक सहयोग गर्ने बताए ।

मानव अधिकार निगरानी समूह जहदाका अध्यक्ष राजनन्दन सिंहले निगरानी समूहले अनुगमन र खबरदारी गरेपनि शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको सेवा प्रवाहमा सकारात्मक सुधार आएको बताउँदै यसका सबैको सक्रियताको खाँचो रहेको बताए ।

photo20180107morang (1) photo20180107morang (2) photo20180107morang (4)इन्दिरा भट्टराई