सेवाग्राहीको गुनासो सुन्दै सेवालाई प्रभावकारी बनाउँदै जाने प्रतिवद्धता
गुलरियामा आयोजित एक कार्यक्रममा सरकारी सेवा प्रदायक निकायले आफ्ना कार्यालयमा सेवाग्राहीको गुनासो सुन्दै सेवालाई थप प्रभावकारी बनाउँदै जाने प्रतिवद्धता गरेका छन् ।
इन्सेकले सञ्चालन गरेको 'स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अर्न्तगत चैत १७ गते भएको 'सेवा प्रदायक र सेवाग्राहीबिचको जिल्ला स्तरीय अन्तरक्रियामा जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई कार्यालय, जिल्ला पशु कार्यालय, जिल्ला कृषि विकास कार्यालयका प्रमुख र प्रतिनिधिहरूले सो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रमा रहेका समस्याको बारेमा छलफल भएको थियो । सो अवसरमा सेवा प्रदायक निकायले आफ्नो कार्यालयमार्फत स्थानीय नागरिकहरूलाई दिने सेवाको बारेमा जानकारी गराएका थिए । साथै मानव अधिकार निगरानी समूह, बाल अधिकार चेतना समूह, युवा समूहका सदस्यहरूले भोगिरहेका शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्या लिखित र मौखिक रूपमा प्रस्तुत गर्दै त्यसलाई समाधान गर्न प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेका थिए ।
सरकारी निकायबाट नागरिकहरूले पाउनुपर्ने सेवासुविधा कसरी पाउन सक्छन ? उनीहरूले भोगिरहेका समस्या समाधान कसरी गर्न सकिन्छ ? भन्ने विषयलाई छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जकी कार्यक्रम संयोजक सरस्वती मल्लले बताइन् ।
छलफलको क्रममा सहभागीहरूले सरकारी कार्यालयबाट सूचना प्रवाह नहुने गरेको र सूचना नपाउँदा नागरिकहरूले पाउनै पर्ने सेवासुविधा लिनबाट वञ्चित भएको गुनासो गरेका थिए । बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओलीले सरकारी निकायबाट सेवासुविधा प्राप्त गर्न नागरिक आफैँ सचेत नभएसम्म सधैँ समस्या भइरहने बताए ।
सहभागीहरूबाट प्रस्तुत समस्या र गुनासोको बारेमा बोल्दै जिल्ला शिक्षा अधिकारी दमन चौधरीले शिक्षा क्षेत्रमा सुधार ल्याउन आफू प्रतिवद्ध भएर लागिरहेको बताएका थिए । उनले स्थानीय नागरिक सचेत भएर प्रत्यक्ष अप्रत्यक्ष रूपमा झक्झक्याए सेवामा थप सुधार हुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सुनिल पाण्डेले समय र आवश्यकता अनुसार सेवा दिन नसकिरहेको सत्य भएको स्वीकार्दै स्वास्थ्य सँस्थामा औषधिको अभाव हुनुमा स्थानीय र जिल्ला तह भन्दा पनि केन्द्रबाट प्रक्रिया ढिलाइ भएकाले समस्या देखिएको बताए । उनले भने-'यो समस्या धेरै लामो समय रहँदैन ।'
कृषि विकास कार्यालयका अधिकृत शिवराज सुवेदी तथा जिल्ला पशु कार्यालयका डाक्टर प्रेमकुमार मण्डलले किसानहरू सेवा लिन निरन्तर सम्पर्कमा आइरहन अनुरोध गर्दै अन्य समस्याहरू समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
मानबहादुर चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका…
गण्डकीमा मानव अधिकार समूह परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समूह परिचालन बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा समूहको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो…
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…