सूर्यविनायक नगर क्षेत्रको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवाससम्बन्धी समस्या पहिचान
सूर्यविनायक नगरपालिकाका भित्र रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी विभिन्न समस्याहरूको पहिचान गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह सूर्यविनायकले नगरपालिका क्षेत्रको विभिन्न ठाउँमा गरेको अन्तरक्रिया र अनुसन्धानका आधारमा पहिचान गरिएको समस्याको बारेमा १२ गते छलफल गरिएको हो ।
सूर्यविनायकमा देखिएका समस्यामध्ये शिक्षातर्फ सामुदायिक विद्यालयमा अनावश्यक शिक्षक सङ्ख्या रहेको, विषय शिक्षकको अभाव रहेको, निःशुल्क शिक्षा भनिए पनि विभिन्न शीर्षकमा विद्यार्थीसँग शुल्क लिएको, अनलाइन कक्षा प्रभावकारी र अनिवार्य नगरिएको, विद्यालय अपाङ्गतामैत्री नभएको, खेलकुद, शारीरिक व्यायाम गराउने प्रशिक्षक नभएको, विद्यार्थीका लागि विाद्यालयमा हेल्प डेस्कको व्यवस्था नभएको, प्रविधिक शिक्षा पठनपाठनको व्यवस्था नगरिएको, गरिब–जेहेन्दारलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था नभएको, सबै विद्यालयमा कम्प्युटर शिक्षा नभएको, विद्यालयमा दिवा खाजा प्रभावकारी नभएको समूहका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्यतर्फ स्वास्थ्य चौकीहरूमा कर्मचारीको अभाव रहेको, निःशुल्क औषधिहरूको सहज व्यवस्था नभएको, खोपको पर्याप्त मात्रामा व्यवस्था नभएको, एक विद्यालय एक नर्सको व्यवस्था नभएको, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवा सहज नभएकोलगायतका समस्याहरू रहेको समूले जनाएको छ ।
खाद्य समस्यातर्फ बजारमा अखाद्य वस्तुहरुको विक्री व्यापक भएको, बजार अनुगमन देखावटी मात्रै भएको, कृषिमा पहुँचवाला र अवास्तविक कृषकहरूले अनुदान पाएको र कृषक मारमा परेको पाइएको छ ।
आवासतर्फ ०७२ सालमा भूकम्पले क्षति पुर्याएका घरहरूको पुनर्निर्माण कार्य अझै ५० प्रतिशत पनि सम्पन्न नभएको, भूकम्प पीडित जस्ताको टहरा र चर्किएका घरमा बस्न बाध्य भएको, भूमिहीन, गुठिको जग्गा र सुकुम्बासी नागरिकहरूको आवास निर्माण गर्न कठिन भएको, बाटोका मापदण्डले सांँघुरिँदै गएको घडेरीमा आवश्यकता अनुसार घर निर्माणमा बाधा पुगेको, संयुक्त आवास निर्माण नीति नभएको जस्ता समस्या देखिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
प्रतिवेदन सार्वजनिक गर्दै उहाँले शिक्षा, स्वास्थ्य, कृषि र आवासमा देखिएको समस्यासहित समाधानको माग गर्दै तिहार लगत्तै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई ज्ञापनपत्र बुझाउने उहाँले जानकारी दिनुभयो ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…