सुशासन कायम गराउन नागरिक समाजको भूमिका बलियो हुनुपर्नेमा जोड
देशमा सुशासन कायम गराउन नागरिक समाजको भूमिका बलियो हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल, गोरखाको संयुक्त आयोजनामा साउन २९ गते गोरखाको सदरमुकाममा आयोजना भएको 'नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती' विषयक छलफल कार्यक्रमका सहभागीहरूले जिल्लाका ११ ओटै स्थानीय तहले गरेका गतिविधिमा नागरिक समाज चनाखो हुनुपर्नेमा जोड दिए ।
'सदरमुकाम केन्द्रीत भएर भन्दा पनि ११ ओटै स्थानीय तहका विकासका गतिविधिमा नागरिक चनाखो बन्नुपर्छ ।'-नेपाल पत्रकार महासङ्घ, गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापाले भने-'नागरिकमैत्री काम भए भएनन् । आवश्यकता अनुसार काम भए नभएको, बजेट कसरी परिचालन भएका छन् । सोतर्फनागरिकको खबरदारी जरूरी छ ।'
स्थानीय तह आफैँले पनि नागरिक समाजलाई जागरूक बनाउनुपर्ने उनको भनाइ थियो । नागरिक समाजले नकरात्मक विषय मात्र उठान गर्छन् भन्ने भावनाबाट स्थानीय तहका प्रमुख तथा कर्मचारी माथि उठ्नुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका थिए ।
नागरिक समाजलाई सहयोगीका रूपमा बुझ्नुपर्ने गैरसरकारी संस्था महासङ्घका सचिव हरि देवकोटाले बताए ।
जनप्रतिनिधिले नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्दा पारदर्शीतामा प्रश्न नउठ्ने गोरखा नपा-६ का वडा अध्यक्ष नारायाण अर्यालले बताए ।
नागरिक समाजलाई नकरात्मक कुरा मात्र उठाउनुपर्छ भन्ने भावना नराख्न गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आग्रह गरे ।
'तीन तहको सरकारमा सबैभन्दा बढी प्रेसर नगर र गाउँपालिकालाई छ ।'-उनले भने-'जनताको अपेक्षा पनि हामीसँग नै छ । प्रदेश र सङ्घीय सरकारले स्थानीय तहसँग समन्वय गरेका छन् कि छैनन् ? त्यसतर्फपनि नागरिक समाजले ध्यान पुर्याउनुपर्यो । स्थानीय तहले आफ्नो अधिकार नाघ्यो भने पनि नागरिक समाज बोलिदिनुपर्यो । स्थानीय तहलाई हस्तक्षेप गरेर भएपनि आवाज उठाइदिनुपर्यो ।'
गोरखा नगरपालिका नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्ने मेयर पन्तले प्रतिबद्घता जनाए । विकासात्मक गतिविधि भएका ठाउँमा होर्डिङ बोर्ड राख्न नागरिक स्तरबाटै माग भएको उनले बताए ।
'बजेट, योजनाको नाम, सम्झौता मिति सहितको होर्डिङ बोर्ड राख्न भनिसकेका छौँ ।'-उनले भने । सामाजिक सुरक्षा वितरणमा सहज बनाउने पनि उनले बताए ।
नगरपालिकाले सुशासनको नीति निर्माण गरिसकेको र राजपत्रमा प्रकाशन गर्ने चरणमा रहेको उनले जानकारी दिए ।
स्थानीय तहले विकासका काम गर्दा नागरिक समाजलाई सहभागी गराए गुणस्तरीय हुने शान्ति समाज, गोरखाका सिताराम तिवारीले बताए ।
नागरिक समाजसँग सहकार्य नभई गरिएका गतिविधि पारदर्शिता र जबाफदेहिता हुन नसक्ने सरोकारवाला पक्षको दावी थियो ।
साझा समूह बनाएर सङ्गठित हुन सके खबरदारी गर्न सहयोग पुग्ने एमनेष्टी इन्टरनेशनल समूह ७६ का अध्यक्ष रमेश अधिकारीले बताए ।
'नागरिक समाजले चेक एण्ड ब्यालेन्सको काम गर्ने गरी भूमिका अझै प्रभावकारी बनाउनुपर्छ ।'-एमनेष्टी इन्टरनेशनल महिला समूह ४२ की अध्यक्ष विमला वाग्लेले भनिन्-'विरोध मात्रै नभई स्थानीय सरकारसँग र समन्वय र सहकार्यको आधारमा सघाउन पनि सकिन्छ ।'
कार्यक्रममा जिल्लास्थित सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक सङ्गठनका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…