सुकुम्बासी मुक्त नगर निर्माण गर्छौँः नगर प्रमुख पौडेल
जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले एक वर्ष भित्र सुकुमबासी मुक्त नगर बनाउने बताउनु भएको छ ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) बागलुङले पुस १० गते जैमिनी नगरपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा आयोजना गरेको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
जैमिनी नगरपालिकामा रहेका सुकुम्बासीहरुलाई चालु आर्थिक वर्ष भित्र आवास निर्माण गरी लालपुर्जा समेत वितरण गर्ने पौडेलले बताउनु भयो ।
कार्यक्रममा महिला विकास कार्यालयकी पूर्व अधिकृत तथा अधिवक्ता लक्ष्मी जिसी कार्कीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँले नगर भित्र रहेका महिला तथा बालबालिकाहरुको समस्यालाई समाधान गर्नका लागि र उनीहरूलाई सुरक्षा प्रदान गर्नका लागि नगरपालिकाले आफ्नै सेवा केन्द्र सञ्चालनमा ल्याउनु पर्ने उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले सरकारले प्रदान गर्ने हरेक सेवा सुविधाहरू नगरका बालबालिका र विद्यालयहरूमा प्रदान गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
सिर्जना पन्त
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…