सिफारिस संयन्त्रसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ मा रिन्यु परियोजना अन्तर्गत सिफारिस संयन्त्रसम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज १० गते सम्पन्न भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ३ मा डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले सञ्चालन गरिरहेको अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत गाउँपालिकामा भएको सिफारिस संयन्त्रसम्बन्धी कार्यक्रममा सयन्त्र गठन गरिएको हो ।
मनहरी गाउँपालिका वडा नम्बर १, ३ र ४ मा महिला हिंसा न्यूनीकरण र महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना न्यूनीकरण गर्न र सामाजिक सशक्तिकरण गर्नका लागि सम्बन्धित वडाका वडा अध्यक्षको संयोजकत्वमा सिफारिस संयन्त्र गठन गरियो । उक्त संयन्त्रमा वडा नं १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ का विभिन्न १५ महिला समूहका मोटिभेटर, अध्यक्ष र स्थानीय निर्वाचित महिला वडा सदस्यको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा आगामी दिनमा यस संयन्त्रले महिला, बालबालिका तथा अति विपन्न वर्गका समूदायको सहभागिताका लागि थप सशक्तिकरणमा मदत गर्ने जस्ता विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रकाश थापाले वडामा महिला हिंसा न्यूनीकरण र महिला बालबालिकाहरूको सामाजिक-आर्थिक सशक्तिकरण कार्यमा इन्सेक र डब्लुपीडी नेपाल विगत तीन वर्षदेखि भएका कार्यहरू उपलब्ध र उल्लेखनीय रहेको बताउनु भयो । उहाँले उक्त कार्यक्रममा आगामी दिनमा यस नेटवर्कले सहजीकरण वा सहभागिताका साथै स्थानीय बालबालिकाको नीति कार्यक्रममा जोडेर थप महिला सशक्तीकरणमा समेत मदत गर्ने बताउनुभएको थियो ।
उहाँले स्थानीय सरकारबाट महिलाको सामाजिक सशक्तिकरणसँगै आर्थिक उन्नतिबाट थप आयआर्जनमा समेत मद्दत गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमको उद्देश्य र सहजीकरण गर्दै इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले परियोजना लक्षित कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि यो परियोजना केन्द्रित रहेको बताउनु भयो ।
कार्यपालिका सदस्य सेतीमाया तामाङले सिफारिस संयन्त्र र कानुनी प्रणाली तथा महिला हिंसा न्यूनीकरण गर्नका लागि महिला तथा बालबालिकाहरूको सहभागिताको विकास भएमा आगामी दिनमा स्थानीय सरकारबाट मानव अधिकार र महिला अधिकार प्रवर्द्धनमा थप काम गर्नु पर्ने बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक तेहृथुम जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि डिसेम्वर…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक…
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…