सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-८, शेराबगरमा रिन्यु परियोजना अन्तर्गत सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ७ गते सम्पन्न भएको छ ।
शिवपुरी गाउँपालिका वडा नं. ८ मा डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले सञ्चालन गरिरहेको अधिकारी तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत गाउँपालिका कार्यालय शेराबगरमा भएको सिफारिस प्रक्रियासम्बन्धी कार्यक्रममा सयन्त्र गठन गरिएको हो ।
शिवपुरी गाउँपालिका वडा नं. ७ का अध्यक्ष वीरबहादुर तामाङ र वडा ८ का अध्यक्ष केशवप्रसाद रिजालको संयोजकत्वमा सम्बन्धित वडाका महिला सदस्य र मोटीभेटर सहितको छुट्टाछुट्टै सयन्त्र गठन गरिएको कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
उक्त सयन्त्रले महिला, बाल अधिकार, स्वास्थ्य अधिकारी, ज्येष्ठ नागरिकको सवालमा सचेतना फैलाउने, हिंसा न्यूनीकरण गराउन सक्रिय हुने, महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक लगायतका सवालहरू सम्बोधन गर्ने निकायसम्म पुर्याउन भूमिका खेल्ने गरी सयन्त्र गठन भएको हो ।
सयन्त्रको गठन पश्चात समुदायमा हिंसा न्यूनीकरण, लैङ्गिक समता तथा मानवअधिकार प्रवद्धनमा टेवा पुग्ने शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष थपलियाले आगामी दिनमा पनि इन्सेक लगायत सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै गाउँपालिकाको कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कार्कीले सिफारिस प्रक्रिया तथा कानुनी समस्याहरू निरुपणको लागि सामाजिक समावेशीकरण सवाललाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…