सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा जेठ २९ गते चौतारा सागाचोकगढी नपा–३ मा भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा चौतारा सागाचोकगढी नपा–३ का वडा अध्यक्ष टेकबहादुर तामाङले पहिलेको भन्दा अहिलेको अवस्थामा भूकम्प पीडितहरूको आवास पुनर्निर्माणमा सहज भएको बताए । अध्यक्ष तामाङले केही छिटपुट घटनाहरूमा कानुनी ज्ञान प्राप्त नहुँदा समस्या परेको बताए ।

महिला वडा सदस्य योगमाया कटुवालले अत्याधिक मादक पर्दाथ उत्पादनले घरेलु हिंसामा बृद्धि भएकोे बताइन् ।

चेतबहादुर थापाले भूकम्पबाट भत्केका घरहरू निर्माण भएर राहत पाएपनि गुनासोमा राखेका निवेदनहरूको सम्बोधन हुन नसकेकोे बताए ।

शिवबहादुर महतले–‘भूकम्पका कारण पानीका मुहान सुकेको थियो । मुहान सुकेका कारण गाउँमा हाल सम्मपनि खानेपानीको र बाटोको समस्या रहिरहेको छ ।’

photo20190613sindhupalchok
नातिबावु धिताल