सार्वजनिक सुनुवाइमा उठ्यो सुरक्षाको सवाल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ६ गते दोलखाको सुस्पाक्षमावती गाविस-१ पानीपोखरीमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी भूकम्पपीडित महिलाहरूले सुरक्षाको सवाललाई जोडतोडका साथ उठाएका छन् ।
टहरामा सिङ्गो परिवार बस्नु परेकाले कपडा फेर्नसमेत असहज हुने गरेको सहभागी महिलाहरूले गुनासो गरे । 'बिहान बेलुकी कपडा बदल्न नजिकैको जङ्गल जाने गरेका छौँ ।'-पशुपती थामीले भनिन् ।
भूकम्पका कारण विस्थापित भई सोही वडाको बोसिम्पा र बुमाटोलका ८४ घरधुरी अहिले पानीपोखरीको सार्वजनिक जग्गामा अस्थायी टहरोमा बस्दै आएका छन् । सामूहिक रूपमा टहरामा बस्दा महिलाहरूले बढी सास्ती खेप्नु परेको सहभागीहरुले गुनासो गरे ।
उनीहरू बस्दै आएको जमीनमा धाँजा फाटेर बस्न नमिल्ने भएपछि विस्थापित भई पानीपोखरीमा बस्दै आएका हुन् । अधिकाँश थामी समुदायको बसोबास रहेको बोसिम्पा र बुमाटोलका विस्थापितले आफ्नो सुरक्षित जग्गा जमीन नभएकोले सुरक्षित आवास निर्माण गर्न सकेका छैनन् । जग्गा नहुँदा सरकारले सुरक्षित निजी आवास निर्माणका लागि दिएको ५० हजार रुपियाँसमेत पाल किन्दै सकिन लागेको स्थानीय भीम थामीले गुनासो गरे ।
विस्थापितहरूले निजी आवास निर्माणका लागि सुरक्षित जग्गा उपलब्ध गराइदिन माग गर्दै आफूहरु भएको जग्गाधनी पुर्जा र निवेदन समेत जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताएका छन् ।
कार्यक्रममा स्थानीय समुदायको गुनासो सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले सरकारी नियम अनुसार निजी आवास निर्माणका लागि ५० हजार रुपियाँ उपलब्ध गराएको हुँदा नियम विपरित थप सहयोग गर्न नमिल्ने बताए । छोटो प्रक्रियाबाट जग्गा उपलब्ध गराउने कार्य सुरु भएको उनले जानकारी दिए ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…