सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० असोज १२ गते सम्पन्न भएको हो ।
डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा मनहरी गाउँपालिकाको वडा नं. ३ मा 'अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण' रिन्यु परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै मुना कटुवाले सामुदायिक वन मासिने र जल जमिन जङ्गलको संरक्षणमा सरोकारवाला तथा सबै निकायले यसमा पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले महिलामाथि हुने मानसिक हिंसा तथा दुर्व्यवहार प्रति न्यूनीकरण गराई स्थानीय सरकारको नीति र योजना कार्यक्रम के छ ?, सामाजिक सेवा क्षेत्र बिकास मा के योजना छ वडा र स्थानीय तहले सार्वजनिक सरकारका विषयमा थप छलफल चलाएको छ वा छैन ?, महिलाको अर्थपूर्ण सहभागितामा नीति योजना कार्यक्रमको कस्तो उपलब्धि भएको छ ?, भूमिहीन किसान वर्गले सबै क्षेत्रबाट के-कस्तो सुविधाहरू प्राप्त गर्न सकिन्छ भन्ने कुराको स्थानीय सरकारले कस्तो खाले योजना बनाएको छ ? जस्ता विषयमा प्रश्न उठाउनु भएको थियो ।
बालबालिका, अपाङ्गता र ज्येष्ठ नागरिको क्षेत्रको विकासका लागि पहल गरिनु पर्ने, सीपमूलक र अपाङ्ग मैत्री जोडिने कार्यक्रम सचेतीकरणमा पहल गरिनु पर्ने उहाँले उक्त कार्यक्रममा बताउनु भयो । बालबालिका र युवाहरूको लागु पदार्थ दुर्व्यसनमा फसेका कारण यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले के कस्तो भूमिका छ त्यसको बारेमा पनि पहल गर्नलाई आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कार्यवाहक वडा सदस्य हिराबहादुर प्रजाले आगामी दिनमा महिला बालबालिका लक्षित कार्यक्रम र शिक्षा स्वास्थ्यका गुनासोलाई सम्बोधन गर्ने बताउनु भयो । उहाँले स्थानीय तहबाट ज्येष्ठ नागरिक महिला बालबालिकाका लागि थप समन्वय गर्न सरोकारवाला तथा विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो । सहायक वडासदस्य प्रजाले परियोजना र स्थानीय तहबाट सामाजिक विकासका क्रियाकलापमा थप अग्रसर गरिने जानकारी दिनुभयो ।
कार्यक्रमको उद्देश्य र सहजीकरण गर्दै इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले परियोजना लक्षित कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि यो परियोजना केन्द्रित रहेको बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…