सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनुवाई
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा शिवपुरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवपुरी गाउँपालिकाको वडा नं. ८ को सार्वजनिक सुनुवाई कार्यक्रम थानापतिमा ०८० भदौ १७ गते सम्पन्न भएको हो ।
डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा शिवपुरी गाउँपालिका वडा नं. ८ मा 'अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण' रिन्यु परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गाउँपालिकाले दिगो विकासका लक्ष्य, योजना र नीतिलाई अवलम्बन गरी महिलालाई आर्थिक तथा सामाजिक सशक्तिकरणसँग जोडेको बताउनु भयो । महिलाको सवालमा स्थानीय नागरिक समाज, राजनीतिक दलको उत्तिकै जिम्मेवारी रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष थपलियाले महिलालाई आर्थिक तथा सामाजिक सशक्तिकरणको लागि वडा र स्थानीय तहबाट बनाइने नीति तथा योजनाको लागि इन्सेक जस्ता संस्थाहरूको भूमिका सह्रानीय रहेको समेत बताउनु भयो ।
कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष केशवप्रसाद रिजालले स्थानीय तहले महिलाको आयआर्जन र सशक्तिकरणको योजनालाई प्राथमिकतामा राखेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण श्रेष्ठले स्थानीय सरकारको स्रोत साधन परिचालन गरी सुत्केरी भत्ता, स्वास्थ्य परीक्षण, निशुल्क खोप तथा औषधी वितरणलाई प्रभावकारी बनाइएको बताउनु भयो ।
कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष सीतादेवी पोखरेलले महिलाहरूले आफ्नो अधिकारको लागि आफै पनि थप सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जनज्ञान माविका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछाने, महिला सञ्जाल शिवपुरी गाउँपालिका-८ की अध्यक्ष मेनुका पाण्डे लगायतले स्थानीय सरकार र महिला तथा सरोकारवालाहरूको सामूहिक पहलबाटमात्र महिलाको आर्थिक पहुँच विस्तार गर्न सकिने धारणा राख्नु भएको थियो । कार्यक्रम र परियोजनाको बारेमा कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, नागरिक समाज, सरोकारवालाहरू, मोटिभेटर, महिला समूहका सदस्य, महिला जनप्रतिनिधि, किशोरी समूहका सदस्य र बालक्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न…
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…