सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनुवाई
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा शिवपुरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवपुरी गाउँपालिकाको वडा नं. ७ को सार्वजनिक सुनुवाई कार्यक्रम सुनखानीमा ०८० भदौ १५ गते सम्पन्न भएको हो ।
डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा शिवपुरी गाउँपालिका वडा नं. ७ मा 'अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण' रिन्यु परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले महिलामाथि हुने विभेद, हिंसा र कुरितीजन्य अभ्यास न्यूनीकरण गर्नको लागि इन्सेक जस्ता अधिकारको वकालत गर्ने संस्थाको भूमिका उल्लेखनीय रहेको बताउनु भयो । इन्सेकको कार्यक्रमले जनप्रतिनिधीहरूलाई जिम्मेवार बनाउन र नागरिकको अधिकारलाई प्राथमिकतामा राख्न उत्प्रेरित गरेको उपाध्यक्ष तामाङले बताउनु भयो ।
उपाध्यक्ष तामाङ गाउँपालिकाले आर्थिक तथा सामाजिक सशक्तिकरणको लागि नीति तथा कार्यक्रमहरू बनाएर कार्यन्वयनमा ल्याएको र महिलाहरूको उद्यमशीलता र जीविकोपार्जनको लागि जोड दिइएको बताउनु भयो ।
शिवपुरी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष वीरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण श्रेष्ठले स्वास्थ्य संस्थामा नै सुरक्षित प्रसुतीको लागि प्रोत्साहन गरिएको र आमा समूह, महिला समूह, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको औचित्यमाथि परियोजनाका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । कार्यक्रममा डब्लुपिडि नेपालका फिल्ड सुपरभाइजर कमला थपलिया, राधिका तामाङ, वडा सचिव नारायण पाण्डे र वडा सदस्य जुनकुमारी तामाङले आ-आफ्ना धारणा राख्नु भएको थियो ।
सहभागीहरूले कार्यक्रममा महिलामाथि हुने घरेलु हिंसाका कमी आउन नसकेकोले स्थानीय सरकारले प्रभावकारी कार्यक्रम बनाएर सञ्चालन गर्नु पर्ने, निःशुल्क पाइने औषधीको पर्याप्त उपलब्धता, कृषि बीउको समस्याको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा वडाभित्र रहेका सात ओटा महिला समूहको सदस्य, मोटिभेटर, स्थानीय बालक्लब र जनप्रतिनिधि तथा नागरिक समाजको सहभागिता रहेको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…