सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनुवाई
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा शिवपुरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानी र वडा नं. ८ को थानापतिका सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
वडा नं. ८ थानापतिमा भदौ ३० गते र वडा नं. ७ सुनखानीमा भदौ ३१ गते भएको सार्वजनिक सुनवाई कार्यक्रम ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरूले स्थानीय सरकारसँग जोडिएको विभिन्न विषयमा प्रश्न गर्नुको साथै स्थानीय सरकारले आफ्ना अधिकारहरूलाई सुनिश्चित गरिदिन पनि आग्रह गरेका थिए ।
स्वास्थ्य चौकीको औषधी अभाव, प्रसुति सेवा, खानेपानी, सडकको दुरावस्था, विद्यालयको दिवाखाजा, अपाङ्गता परिचय पत्रको वितरण, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा वितरण, पालिकाले वितरण गर्ने कृषिका अनुदानका कार्यक्रमको पारदर्शिता, महिलामाथि हुने हिंसाको न्युनीकरण र पीडितको सरंक्षणको कार्यक्रम लगायत विषयमा सहभागीहरूले प्रश्न गरेका थिए ।
कार्यक्रममा प्रमिला नेपालीले महिलामाथि हुने हिंसाको घटनाहरूलाई न्युनीकरणको लागि स्थानीय तहले ध्यान दिनु पर्ने बताउनुभयो ।
‘महिलामाथि भइरहेको हिंसाको घटनालाई रोक्न पालिकाको के कार्यक्रम रहेको छ ? नेपालीले प्रश्न गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरूको शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नं. ८ का वडाअध्यक्ष केशवप्रसाद रिजाल, वडा नं. ७ का वडाअध्यक्ष वीरबहादुर तामाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायतले जवाफ दिनुभएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष वीरबहादु तामाङले र गाउँपालिकाले नागरिकलाई दिने सुविधामा कुनै कन्जुस्याई नगर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहभित्रको बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेको लागि महिलालाई काठमाडौँमा लैजानको गाउँपालिकाले निशुल्क रुपमा एम्बुलेन्स सेवा दिइरहेको जानकारी दिनुभयो ।
उपाध्यक्ष तामाङले गाउँपालिकाको एम्बुलेन्स अन्यत्र गएको बेला परेको रहेछ भने आफैले अर्को सवारीसाधनमा अस्पताल लगे पनि लागेको भाडा पालिकाले नै दिने बताउनुभयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत विष्णुप्रसाद न्यौपानेले स्थानीय सरकारले दिने सेवा प्रवाहको विषयमा कर्मचारीहरू दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।
वडा नं. ७ का अध्यक्ष केशवप्रसाद रिजालले वडाले आफ्ना कार्यक्रमहरूलाई नागरिक लक्षित रुपमा काम गरिरहेको बताउनुभयो ।
उहाँले कार्यक्रममा उठेको सवालहरूको जवाफ दिदैं खानेपानीको व्यवस्थापन, सडको सहजता, स्वास्थ्य चौकी बर्थिङ सेन्टर सञ्चालनको विषयमा लागि पर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा विषयगत शाखाका प्रमुखरुले आआफ्ना शाखासँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएका थिए ।
स्वास्थ्य शाखा प्रमुख उद्धव कार्की, महिला तथा बालिका शाखा प्रमुख पूजा खतिवडा, शिक्षा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद अधिकारी लगायतले जवाफ दिनु भएको थियो ।
कार्यक्रम संयोजक कृष्ण नेपालले सार्वजनिक सुनुवाईको महत्व र उद्धेश्यको बारेमा जानकारी दिनुभएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…