सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हनन् भयोः प्रजिअ आचार्य
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हन्न् भएको बताउनुभएको छ । मङ्सिर १३ गते इन्सेकको आयोजनामा गरिएको ‘सामाजिक सञ्जालको प्रयोगले मानव अधिकारमा पारेको प्रभाव विषयक’ अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने अवसर प्रदान गरे पनि यसको दुरुपयोगले व्यक्तिगत गोपनीयता, मानमर्दन र असामाजिक गतिविधिलाई बढावा दिनसक्छ । यसलाई व्यवस्थित गर्न कानुनी संरचना बलियो हुनुपर्छ’ - प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो । उहाँले समाजिक सञ्जालले मानव अधिकारका मुद्दाहरूलाई उजागर गर्न र जनचेतना फैलाउन सहयोग गरेपनि गलत सूचनाको प्रसार र दुरुपयोगका कारण मानव अधिकारमा चुनौती पनि थपिएको बताउनु भयो । सामाजिक सञ्जालको दुरुपयोगका विषयमा प्रशासनले हरेक विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रममहरु गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयाेजक नारायण सुवेदीले सामाजिक सञ्जालले पार्ने नकारात्मक असरका विषयमा राज्यले नागरिकस्तरमा जनचेतना जगाउनुपर्नेमा जाेड दिनुभयाे ।
मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापाले सामाजिक सञ्जालको सही उपयोगले मानव अधिकारको संरक्षणमा सहयोग पुर्याउने र गलत प्रयोगले व्यक्तिको जीवन नै धरापमा पार्ने बताउनु भयो । ‘गलत सूचना र हेट स्पिच जस्ता समस्याले समाजमा भेदभाव र हिंसा बढाउने जोखिम रहन्छ । यसको समाधानका लागि सबै सरोकारवाला पक्षहरू मिलेर काम गर्नुपर्ने आवश्यकता छ । जसरी ग्याँसको सही सदुपयोगले खाना पकाउन सहयोग पुग्छ । यदी दुरुपयोग भएर बिष्पोट भएपछि जीउनकै क्षति हुन्छ । त्यस्तै सामाजिक सञ्जाल पनि एक प्रकारको ग्याँस नै हो’ - उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी रुपेश खड्काले पछिल्लो समय साइबर अपराधमा वृद्धि भएको भन्दै जिल्लास्तरमा समेत उजुरी लिने गरेको बताउनु भयो । ‘सामाजिक सञ्जालको प्रभावले साइबर अपराधको सङ्ख्या बढाएको छ । यसलाई नियन्त्रण गर्न प्रहरीको विशेष ध्यान केन्द्रित छ । जनचेतना अभिवृद्धि र प्राविधिक साधनहरूको उपयोगमार्फत मात्र यसलाई कम गर्न सकिन्छ’ - उहाँले भन्नुभयो । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले साइबर सम्बन्धी कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने र सचेतनालाई पनि जोड दिएपछि न्यूनीकरण गर्न सकिने सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक पक्षबारे आफ्ना धारणा प्रस्तुत गरेका छन् ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले सामाजिक सञ्जालले मानवग अधिकारका सवालमा प्रत्यक्ष प्रभाव पारेको भन्दै त्यसमा राज्यले बढी ध्यान दिनुपर्ने बताउनु भयो । ‘सामाजिक सञ्जालले आम मानिसलाई आफ्नो कुरा राख्ने प्लेटफर्म उपलब्ध गराएको छ । तर, पत्रकारिताका मान्यता र मुल्यहरु मिच्ने झुटा समाचार तथा गलत अभिव्यक्तिको प्रवृत्तिले मिडियाको विश्वसनीयतामा असर गरेको छ । नेपाल बाहिरबाट बढी साइबर अपराधका घटनाहरु भएका छन् । त्यसलाई न्यूनीकरण गर्न आनवश्यक छ’ - उहाँले भन्नुभयो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक युवराज शर्माले अवधारणा पत्र प्रस्तुत गर्दै समाजिक सञ्जालले पारेका सकरात्म र नकरात्मक पक्ष्ँका विषयमा औँल्याउनुभएको थियो । कार्यक्रममा सहभागीहरूले सामाजिक सञ्जालको उपयोगलाई मर्यादित र जिम्मेवार बनाउन जनचेतना र कानुनी व्यवस्थाको महत्त्वमा जोड दिएका थिए । अन्तरक्रिया कार्यक्रमको समन्वय विजल्ला प्रशासन र सोसेक नेपालले गरेको थियो । कार्यक्रममा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…
मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म…
मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ। नगर…