सामाजिक संस्थाले आन्तरिक सुशासनमा जोड दिनु पर्नेमा जोड
जिल्लामा रहेका गैरसरकारी संस्थाहरूको आन्तरिक सुसाशन र पारदर्शितामा जोड दिनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
इन्सेकको आयोजनामा भदौ ११ गते विदुरमा भएको गैरसरकारी संस्थाहरूको सबलीकरण परियोजना अन्तर्गत सामाजिक संस्थाको आन्तरिक सुशासनसम्बन्धी छलफलमा सहभागीहरूले गैरसरकारी संस्थाहरूले पारदर्शिता, नियमित बैठक, नियमित साधारण सभा जस्ता विषयमा ध्यान दिन जरूरी रहेको बताएका हुन् ।
सहायता सामाजिक संस्थाका अध्यक्ष शिवराम रिजालले गैरसरकारी संस्थाहरूले आन्तरिक सुशासनमा ध्यान दिएमा मात्र आफ्ना कामहरूको विस्वसनीयता बढ्ने बताए ।
'दर्ता गृह मन्त्रालय अन्तर्गत हुने, सम्बन्धन महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत, सिफारिस स्थानीय विकास मन्त्रालय र कर छुट र भ्याटको कुरा अर्थ मन्त्रालय अन्तर्गत रहेको छ ।'-उनले भने-'यसले गर्दा गैरसरकारी संस्थाहरू अलमलको अवस्थामा रहेका छन् ।'
कार्यक्रममा सहभागी बारका प्रतिनिधि उत्तम घिमिरेले गैरसरकारी संस्थाहरूले आफ्नो नीति निर्माण गरी समान सहभागितामा जोड दिँदै राज्यको नियममा बाँधिएर सेवा प्रवाह गर्नुपर्ने बताए ।
कार्यक्रममा समूह छलफलमा सबैले गैरसरकारी संस्थाहरूको सेवा प्रवाहको निरन्तरताको लागि संस्थागत छविको सुधारमा पनि ध्यान दिनु पर्ने बताएका थिए ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस…
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८१ चैत ८ गते डिसिएको आर्थिक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्राविधिक सहयोगमा सम्पन्न भएको छ । सोनुसिंह विकको अध्यक्षतामा मानव…
विभेदको अन्त्य नभए समृद्धि हुँदैन: मन्त्री भण्डारी
जातीय विभेदको अन्त्यबिना कुनै पनि समाजमा समानता, न्याय र समृद्धि सम्भव नहुने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएउनु भएको छ । उहाँले जातीय विभेद सामाजिक विकृति मात्र नभएर विकास र…
कानुनी प्रकृयामा जानका लागि बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामूहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत ८ गते पीडित बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको छ ।…
६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जिल्लामा संयुक्त दलित अधिकारकर्मी सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा २१ मार्च ६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…