सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असोज २४ गते विराटनगरमा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको छ ।
बैठकमा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम (इएलपी) अन्तरगत मोरङको जहदा गाउँपालिका वडा नम्बर १,२ र ३ मा सञ्चालन भइरहेको कार्यक्रमको गतिविधि, उपलब्धि तथा बजेटको विषयमा छलफल भएको छ ।
सो क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा देखा परेका समस्या, समाधानका उपाय र उपलब्धिको विषयमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरकी बागमती कट्टेलले बैठकमा जानकारी गराएकी थिइन् ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगर संयोजक सोमराज थापाले इन्सकले निर्माण गरेको निगरानी समितिको सक्रियताका कारण पनि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा सफलता मिलेको बताए ।
त्यस्तै जिल्ला समन्वय समिति मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले सचेतना मुख्य कुरा भएको बताउँदै थोरै बजेटमा इन्सेकले ठूलो सफलता हात पारेको बताए । उनले निगरानी समितिका कारण विद्यालयमा शिक्षकले पुरै समय दिनु, सेवा प्रदायक संस्थासम्म आएर सेवा लिन स्थानीय आफैँ सक्षम हुनु ठूलो उपलब्धि भएको बताए ।
इन्दिरा भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल गरिएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रालयका प्रतिनिधि, मुख्य न्यायाधीवक्ता, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र मानव अधिकार रक्षक…
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…